Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगायक र अभिनेता दुवैको भूमिकामा रहनेहरु

गायक र अभिनेता दुवैको भूमिकामा रहनेहरु


काठमाडौँ । नेपालमा गायक र अभिनेताको रूपमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या राम्रै छ । अर्थात् उनीहरूले आफ्नो कलाकारितालाई दुवै माध्यमबाट प्रस्तुत गरेका छन् ।

गायकहरूमा अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ । यसको सुरुआत हिरा सिंह खत्रीद्वारा निर्देशित तथा २०२२ सालमा प्रदर्शित पहिलो नेपाली चलचित्र ‘आमा’ मै देखियो ।

अभिनेता शिव शङ्कर मानन्धर अभिनेता बन्नु अगाडि स्थापित गायक थिए । रेडियो नेपालमा स्थापनाकालदेखि नै गायकको रूपमा प्रस्तुत भएका उनले ‘मनको बाँध’, ‘कुमारी’, ‘२५ वसन्त’, ‘शान्तिदीप’लगायतका चलचित्रमा सङ्गीतसमेत दिएका छन् । यद्यपि उनी ‘आमा’ पश्चात अन्य चलचित्रमा अभिनेताको रूपमा प्रस्तुत भएनन् ।

यस्तै, उदाहरण बने उदीतनारायण झा । नेपालसँगै भारतमा समेत पार्श्व गायनमा लोकप्रिय झाले ‘कुुसुमे रुमाल’ मा अभिनय गरे । यी प्रतिनिधि नाम मात्र हुन्, सङ्ख्या राम्रै छ । यसमै पर्ने गायक तथा अभिनेता कोसिस क्षेत्री कलालाई जुनै माध्यमले व्यक्त गर्दा पनि फरक नपर्ने बताउँछन् ।

“हामी कलाका विभिन्न विधामा रहेर काम गरिरहेका छौँ । यसले हामीलाई विविध क्षेत्रमा अभ्यस्तसमेत बनाउँछ”, अभिनेता क्षेत्रीले भने, “म एउटा पेसामा मात्र रहेर काम गर्नुभन्दा विभिन्न विधामा सक्रिय रहनुलाई सफलता मान्छु । यद्यपि हामी कलामै छौँ ।”

उनले चलचित्र निर्देशन, लेखन, ध्वनि मुद्रणलगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिसकेका छन् । सङ्गीतकर्मी भएर पनि उनले गायकको जीवनलाई पर्दामा ल्याउन सकेका छैनन् ।

“मलाई अलि फरक र भिन्न देखिने इच्छा थियो । यसलाई ‘परस्त्री’ले पूरा गरेको छ”, उनले भने, “अब एउटा गायकको जीवनीलाई पर्दामा ल्याउन मन छ । एउटा सङ्गीतकर्मीले निकै आरोहअवरोहको सामना गरेको हुन्छ, त्यसलाई विविध कोणबाट प्रस्तुत गर्ने इच्छा छ ।”

अभिनेताका रूपमा परिचित भुवन केसी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीलगायत अभिनयपछि गायक बने भने यसकुमार, बाबु बोगटी, निमा रुम्बा, रामकृष्ण ढकाल, प्रशान्त तामाङ, प्रकाश सपुत, सोनाम तोप्देन गायकका रूपमा परिचित भएपछि अभिनेता बने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT