Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ ।

हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गर्नुभएको छ । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई छ दिनको समय दिइएको सूचना अधिकारी दाहालले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबी गरेर जिल्ला अदालतमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख घिमिरेले

रविजीले संसद्‌मा बोल्न पाउनुपर्छः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने

गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा

कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यकः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन्

आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् ।

Techie IT