IIMS College

ISMT

HUB Education

जनवरी ३१ मा युरोपेली संघबाट बाहिरिने विधेयक बेलायती संसदबाट पारित

  • शुक्रबार, ४ पुष, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । युरोपेली संघबाट बेलायतको बहिगर्मन प्रक्रिया अझै एक कदम अघि बढेको छ ।

 

शुक्रबार संसदमा ब्रेक्जिट विधेयक बहुमतले पारित भएपछि आउँदो जनवरी ३१ मा बेलायत युरोपेली संघबाट बाहिरिने पक्कापक्की  बनेको छ । 

 

प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावको पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत परेको थियो । 

 

विपक्षी लेबर नेता जेरेमी कोर्बिनले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई उर्दी गरेपनि ६ लेबर सांसदले पक्षमा मत दिएका थिए । 

 

पारित विधेयकले सन् २०२० को अन्तसम्मको लागि तोकिएको संक्रमणकालीन समयको अवधिलाई थप गर्न नमिल्ने व्यवस्था पनि गर्नेछ । 

 

जसकारण उक्त अवधिभित्र युरोपेली संघसंगको भावी व्यापार  सम्झौता टुंगो लगाउन नसके नो डिल ब्रेक्जिट हुने भएको छ । यो  विधेयकमाथि जनवरीको दोस्रो साता संसदमा छलफल हुनेछ । 

 

विधेयकलाई संसदले पारित गरेपछि प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट अब झन् नजिक बनेको प्रतिक्रिया दिएका छन् । 

 

प्रधानमन्त्री जोनसनको कञ्जरभेटिभ पार्टीले गत साता सम्पन्न निर्वाचनमा भारी बहुमत पाएपछि अब ब्रेक्जिटलाई पूरा गर्न उनलाई सहज हुने देखिन्छ ।

 

उनले युरोपेली संघसंग गरेको बहिर्गमन सम्झौता गत अक्टोबरमा संसदबाट पारित भएपनि उनले खोजेजस्तै फास्ट ट्याक बाटो संसदले नखोलिदिएपछि उनी ब्रेक्जिटको म्याद थपको लागि बाध्य बनेका थिए । त्यसपछि उनले मध्यावधि निर्वाचन घोषणा गरे र भारी बहुमतसहित थप शक्ति आर्जन गरेर अब जनवरीभित्रै ब्रेक्जिट पूरा गर्ने बाटोमा अघि बढ्दैछन् । 

 

 


थप समाचार

ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

  • 2 minutes ago
ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन्

रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

  • 11 minutes ago
रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पनि खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएको छ । अन्य ठूला दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले भारी पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको अवस्थामा रियलले पनि

भोकभोकै मर्न थाले गाईबस्तु

  • 12 minutes ago
भोकभोकै मर्न थाले गाईबस्तु

बेनी । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।