चीनमा पुनः फैलिदै कोरोना भाइरस, बुधबारमात्रै ६३ जना नयाँ संक्रमित फेला

एजेन्सी । चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आएको अवस्था रहेको छ । तर, पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि चीन सरकारले चिन्ता व्यक्त गरेको छ । बुधबारमात्रै ६३ जना नयाँ संक्रमित फेला परेसँगै त्रासको अवस्था सिर्जना भएको बताइएको छ ।

 

कोरोना भाइरस लगभग नियन्त्रणमा आएसँगै चीन सरकारले उहानमा लकडाउन हटाएको थियो । तर, विदेशबाट आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण फेला परेपछि पुनः चीनमा कोरोना फैलिने त्रास बढेको हो ।

 

बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हालसम्म नयाँ संक्रमितको संख्या एक हजार कटेको छ । हालसम्म चीनमा ३३३५ जनाको मृत्यु भएको छ ।

 

ठुलो संकटलाई विस्तारै पार लगाउन प्रयास गरिरहेको चीनले विदेशबाट आउने व्यक्तिबाट फेरि चीनमा ठुलो चुनौती आउने सम्भावना पनि उत्तिकै रहेको अधिकारीहरुले बताएका छन् । 


थप समाचार

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

  • 5 minutes ago
बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आ

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

  • 11 minutes ago
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 39 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।