IIMS College

ISMT

HUB Education

चीनमा कोरोना भाइरसबाट ४४० जना पीडित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ । 

 

यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ, र मृत्यु हुनेहरु सबै मध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताए । 

 

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मङ्गलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टी भएको जानकारी दिए । विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ । 

 

चिनियाँ अधिकारीहरुले कूल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ । 

 

उपनिर्देशक लीले यस भाइरसबाट सङ्क्रमणको घटना निकै बढेको देखिएको बताए । उनले नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरुको संख्या देखिएको हुन सक्ने बताए । 

 

विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा सङ्क्रमण हुने बताएका छन् । आयोगले जनवरी २० देखि नै पुष्टि भएका घटनाहरूको संख्या र सम्भावित सङ्क्रमितहरूका बारेमा दैनिक विवरण सार्वजनिक गर्दै आएको छ । 

 

विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको सङ्क्रमणबाट सतर्क रहन आह्वान गरेका छन् । 

 

भाइरसको फैलावट रोक्न सरकारले कडा कदम चालेको छ । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा थर्मल डिटेक्टर जडान गरिएको छ भने शहरका तीन प्रमुख रेलवे स्टेशनहरूमा २० थर्मल डिटेक्टर स्थापना गरिएको छ ।

 

उहाँले सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको उहानतर्फका अनावश्यक प्रवेश र बाहिरिनेक्रममा कडाई गरिने बताए । 


थप समाचार

‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

  • 6 minutes ago
‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् । कर्णाली

सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

  • 9 minutes ago
सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ई

नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

  • 20 minutes ago
नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

काठमाडौं । चर्चित अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८ औं सिजनमा नेपाली गायक दिवेश पोखरेल शीर्ष २० स्थानमा पर्न सफल भएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

एजेन्सी । आधुनिक युगसँगै विश्वमा प्रविधिसँगै विभिन्न आविष्कार तथा अन्वेषणहरु भइरहेका छन् । टेक्नोलोजिको अत्यधिक मात्रामा विकास भइरहेको छ जसको कल्पना समेत गर्न सकिँदैन ।