सिन्धुपाल्चोकमा पनि सुरु भयो ब्यावसायिक प्याराग्लाइडिङ

Education Park

मेलम्ची । चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । 

 

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ सञ्चालन गरिएको हो । साविक कदमबास गाविस, लामाचौरका स्थानीयवासीको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गठन गरी त्यसको शुभारम्भ गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लामाचौरमा ल्याएर प्याराग्लाइडिङ खेलमा सहभागी गराइने सङ्घका सचिव मिलन तामाङले जानकारी दिए । 

 

प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयवासीसँग रु दुई हजारदेखि रु ५० हजारसम्म रकम सङ्कलन गरिएको थियो । स्थानीयवासीले पर्यटन विकासमा सक्रियता देखाएकाले स्थानीय तहले समेत सहयोग गर्न लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए । 

 

हिमाली दृश्यका साथमा पहाडी भूभाग, नदीनालाका कारण रोचक अनुभव गरेको पाइलट रोशन बस्नेतले बताए । यसअघि जिल्लाको भोटेचौरमा प्याराग्लाइडिङको शुरुआत गरिएको थियो । 


थप समाचार

बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

  • 13 minutes ago
बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

कञ्जरभेटिभको नेता निर्वाचित जोनसनले बुधबारदेखि नै बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

  • 1 hour ago
बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 1 hour ago
ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।