आज अन्तर्राष्ट्रिय कन्डम दिवस तर, प्रयोग गर्ने नेपालीको संख्या ८ प्रतिशत मात्रै

सांकेतिक फाेटाे

काठमाडौँ । हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने अन्तर्राष्ट्रिय कण्डम दिवस आज मनाइदै छ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम दिवसको लागि यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ । 

 

एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भएकोले कन्डमलाई भरपर्दो अस्थायी साधनको रुपमा लिइन्छ । 

 

तर, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जानकारी अनुसारनेपालमा आठ प्रतिशत पुरुषले मात्र कन्डमको प्रयोग गर्ने गरेका छन् । 

केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् । 

 

केन्द्रका निर्देशक डा‍क्टर तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।

 

फेब्रुअरी १३ मा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।  


थप समाचार

काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

  • 1 hour ago
काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

काठमाडौँ । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा परी तीन जनाको ज्यान गएको छ । सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।

सुकेधारामा सिलिन्डर विस्फोट

  • 1 hour ago
सुकेधारामा सिलिन्डर विस्फोट

काठमाडौँ । काठमाडौंको सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ ।

यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

  • 1 hour ago
यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

एजेन्सी । विश्वकप क्रिकेट सुरु हुन केही दिनमात्रै बाँकी छ । यसको तयारीस्वरुप सहभागी हरेक राष्ट्रले अभ्यास खेल पनि खेलिरहेका छन् । दुई पटककको विश्वकप विजेता वेष्टलाई यस संस्करणको उपाधि विजेताको रुपमा प



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।