Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीधादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक

धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक


धादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु भएको छ । मेला आज साँझसम्म लाग्ने छ ।

एकादशीको दिन बिहान गङ्गा जमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान गंगा जमुनाको दर्शन गरी फर्किने चलन छ ।

हरिबोधिनी एकादशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गा जमुनामा भने महादेवको पूजा हुने गरेको छ । गङ्गा जमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको पनि त्यहाँ घुइँचो लाग्छ ।

विशेषगरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष हराउने धार्मिक विश्वास रहेकोले कुकुर धारोमा नुहाउने चलन रहेको छ ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायतका ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् ।

एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै देखिन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ-आफ्नो पहिरनअनुसारको कला देखाउँछन् ।

गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

Techie IT