कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कोरोना भाइरसको परिक्षण बढाउन ट्रेड युनियन काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराएका हुन । 

 

विश्वव्यापी रुपमा कोरोना भाईरस सङ्क्रमण फैलिएको लामो समय भइसक्दा पनि नेपालमा जम्मा एकहजार व्यक्तिको मात्र जाँच हुनु दुःखद भएको महासचिव कुँवरले बताए । “सरकारले वर्तमान सङ्कट र समस्याप्रति संवेदशील भई कोरोना भाइरस परिक्षणको दायरा बढाउनुपर्छ”, विज्ञप्तिमा भनिएको छ । 

 

नेपाल ट्रेड युनियन काँग्रेसले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको व्यक्तिगत सुरक्षा सामग्री पीपीईको व्यवस्था गरी प्रत्येक जिल्लाबाट कोरोना परीक्षण तथा उपचार सेवा तत्काल विस्तार गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरी ट्रेड युनियनलाई समेत प्रतिनिधित्व गराई श्रमिकको अभिलेख तयार गरी दैनिक ज्यालादारी मजदूरलाई लकडाउन अवधिभर दैनिक न्यूनतम पारिश्रमिक दिनुपर्ने माग राखेको छ । 

 

सरकारले स्वास्थ्यकर्मीका लागि घोषणा गरेको बीमा रकमलाई बढाउनुका साथै दायरा बढाउनुपर्ने, कामदार तथा कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने, वैदेशिक रोजगारीमा रहेका श्रमिकले स्वदेश आउन चाहेमा उद्दार गर्नुपर्ने, लकडाउनका कारण अप्ठ्यारोमा रहेका श्रमिकलाई सुरक्षित तवरले आफ्नो गन्तव्यसम्म पु¥याउने व्यवस्था तत्काल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी  लकडाउन अवधिभर श्रमिक तथा स्वरोजगार व्यक्तिलाई प्रभावकारी रुपमा घर भाडा मिनाहा गर्नुपर्ने माग समेत गरिएको छ । 


थप समाचार

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 3 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 15 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।