अदृश्य दैत्यको साम्राज्य विस्तार

समग्र विश्व अहिले कोरोना भाइरसको महामारीले कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । आज संसारभरिका देशहरूमा कोराना भाइरसको त्रासदीले जनजीवन अस्तव्यस्त बनेको छ । कोराना भाइरसको प्रकोपले विश्वको शक्तिशाली राष्ट्र अमेरिकालगायत कयौँ अन्य धनी राष्ट्रहरूको जनजीवनलाई अस्तव्यस्त बनाएको छ। कारण कुनै पनि होस् तर, अहिलेसम्ममा मानव समाजको निम्ति यो सबैभन्दा ठूलो चुनौती हो। अहिले दिनहुॅं सबैको जिज्ञासा कहाँ कति मृत्यु भयो र कति संक्रमित भयो अनि यसलाई निर्मूल पार्नसक्ने औषधी र भ्याक्सिन कहिले बनिनेछ भने बारेमा नै लागिरहेको छ।

 

कोरोना भाइरसँगै बदलिँदो समय

विश्वमा शक्तिशाली राष्ट्र बन्ने होडबाजी अघिदेखि नै चल्दै आएको हो। शक्तिशाली राष्ट्र बन्ने होडबाजीमा अमेरिका र चीनको प्रतिस्र्पद्धा वर्षौंदेखि चल्दै आइरहेको छ। कयौँ किसिमका परमाणु हतियारको प्ररीक्षण धेरै देशहरूले गर्ने गरेका छन्। यस्तैमा जैविक हतियारको पनि चर्चा आउँछ। कोरोना भाइरसलाई कतिले जैविक हतियारसित तुलना गरेका छन् भने कतिले चमेराको मासु खाँदा संक्रमण भएको भनेका छन्। यी दुवैवटा कारणको अभियोग चीनमाथि लगाइएको छ। अमेरिकामा सबैभन्दा बढी संक्रमण फैलिनु र मृत्यु हुनुको कारणले कोराना भाइरस फैलाउने मूल जडको अभियोग सोझै चीनमाथि लगाइएको छ। यस बारेमा मूल जडको सत्यलाई अघि ल्याउने प्रयास भने जारी रहेको छ।

 

अब कारण जुनसुकै होस् कोरोना भाइरसले अदृश्य दैत्यको रूपमा यस पृथ्वीमा साम्राज्य विस्तार गर्न शुरू गरिसक्यो। कतिले यसलाई विनासको प्रारम्भ भन्छन्, कतिले प्रकृतिको अर्कोे प्रकोप भन्छन्, कतिले यसलाई मानव समाजको निम्ति नयाँ मोड पनि भनेका छन्। आज विश्वभरिकै मानव समाजमा कोराना भाइरसले बृहत परिवर्तन ल्याएको छ। यसको सबैभन्दा घातक असर मानव जीवनमा परेको छ। दिन प्रतिदिन संक्रमणको दरसँगै मृत्यु दर बढीरहेको छ। विश्वलाई आर्थिक सङ्कटको घेरोभित्र हालिसकेको छ। आज एकातिर संक्रमण र मृत्यु दर बढ्दैछ भने त्यो भन्दा बढी बेरोजगारीको सङ्ख्या बढ्दैछ। रोजगार बन्द भएपछि सबै कयौँ मानिसहरू रोजगारविहीन भइरहेका छन्। रोजगार बन्द भएपछि सबै आआफ्नो गन्तव्यतिर फर्किरहेका छन्। यो भविष्यको निम्ति खतरापूर्ण देखिँन्छ। कोरोना भाइरसले मानव समाजलाई संक्रमण र मृत्युको मुखमा मात्र घकेलिरहेको छैन, यसले अब मानवसित बाँचेको मानवतालाई पनि मास्ने काम गरिरहेको छ। कोरोना भाइरससितको लडाई मानव समाजको अघि आएको सबैभन्दा ठूलो लडाई हो।

 

यस ब्रह्माण्डमा सृष्टि निर्माताको सुन्दर रचना मध्येमा एउटा हो पृथ्वी। यस सुन्दरतामा अझ थप सुन्दरता भनेको मानव जाति हो। मानिस विचारशील प्राणी भएका हुनाले सृष्टि निर्माताको सबैभन्दा सुन्दर र आकर्षक आविष्कार भनेको मानव हो। हिन्दु धर्मअनुसार यस ब्रह्माण्डमा चारवटा अलगअलग युगहरू सत्ययुग, त्रेतायुग, द्वापारयुग र कलियुग रहेको छ। यी युगहरूको आआफ्नै कालगति रहेको छ। हरेक युग नै परिवर्तनशील रहेको छ। हरेक युगको अन्त हुँदै आएको छ अनि नयाँ युगको प्रारम्भ हुँदै आएको छ। वर्तमान युगलाई कलियुग भनिएको छ। कलियुगलाई कालो युग पनि भनिन्छ। भनिन्छ घोर कलियुगमा कालो दुनियाँको साम्राज्यले अशान्ति स्थापित हुनेछ। कलियुगमा नैतिकता, सच्चाई, ईमानदारी, मानवता, भलाई, पुण्य, धर्म, कर्म, चरित्र सबै केवल पुस्तक र बोलीमा मात्र सीमित रहनेछ अनि यी सबैको व्यावहारिकतामा कुनै महत्व रहने छैन। आज राक्षस अर्थात शैतान खोज्न बाहिर कतै जान पर्दैन। कयौँ किसिमको शैतानले मन, हृदय, चेतना र विचारलाई अड्डा बनाएको छ। आज मन, मस्तिष्कलाई आफ्नो अड्डा बनाउने शैतानहरू भनेको काम, क्रोध, मद्, मोह, लोभलालच, घृणा, द्वेष, ईष्या, अङ्कार, कुबूद्धि, दुर्बुधि हुन् जसले मानव समाजलाई निरन्तर पतनको दिशातर्फ लगिरहेको छ। वर्तमान युगमा चारैतिर अधर्मको आधिपत्य बढिरहेको छ, असत्य, भ्रष्टाचार, अन्याय र शोषणको साम्राज्य बनेको छ। असत्यको गर्जन हुँकारले सत्य दबिँदै गइरहेको छ। धर्मको आडमा ढोङ्गीहरूको आगमन तुफानी रूपमा भइरहेको छ। राजनैतिक, सामाजिकजस्ता हरेक क्षेत्रमा नै भ्रष्टाचार, शोषण अन्याय, अत्याचारको जग बलियो बनेको छ। कति राष्ट्रहरूमा राष्ट्रनायक समेत भ्रष्टाचारका कारणले कैद पर्ने गरेका छन्। प्रकृतिमा प्रदुषण फैलिनसँगै खाद्यन्नहरूमा पौष्टिताको परिणाम घट्दै गइरहेको छ, कयौँ किसिमका किराहरूको सङ्ख्या बढ्दै गइरहेको छ। नयाँ नयाँ बिमारीहरूले मानिसहरूलाई मृत्युको मुखमा धकेलिरहेको छ। के यी सबै कलियुगका चिन्ह हुन् ?

 

हलचल मचाउँदै विकासक्रम

अहिले हालको नयाँ बिमारी भनेको कोराना भाइरस हो। दैनिक रूपमा संक्रमण बढ्नु भनेको भविष्यको निम्ति खतरा हो। यसले यस पृथ्वीमा मानव समाजको भविष्यमा अनिश्चितता दर्शाउॅंदछ। लकडाउनले जुन किसिमले विश्वका चैबीसै घण्टा व्यापक रूपमा चहलपहल हुने रङ्गीन शहरहरू अचल सुनसान रह्यो त्यसलाई हेर्दा अनि दिनुहुँ मृतकहरूको सङ्ख्या बढ्दै गएको देख्दा छैटौॅं सामूहिक विलोपनमा प्रवेश भएको जस्तो लाग्दछ। युगपछि युग परिवर्तन । सृष्टिको निर्माणकालदेखि युग परिवर्तनशील रहेको छ। हरेक युगको परिवर्तनसँगै यस सृष्टिमा विकासक्रमको गति बढ्दै गएको छ। विकासक्रम सृष्टिको हरेक विषय वस्तुमा नै देखिन्छ। कतै सकारात्मक विकास कतै नकारात्मक विकास। अघिदेखिको प्रकृतिको विकासक्रममा हेर्ने हो भने कयौॅं किसिमको परिवर्तन देखिन्छ। पृथ्वीमा मानव जातिको उद्भव शुरू भएदेखि नै मानव बस्ती फैलिन थालेपछि विकासक्रमले तेज रफ्तार लिन थाल्यो। यसै विकासक्रमको रफ्तारमा तेज गति आउन थालेपछि मानव समाजमा कयौॅं किसिमको परिवर्तन शुरू भयो। मान्छेको बसाई, खानपान, पहिरन, बोली, भाषा, विचार, भावना, व्यवहार, चरित्र जस्ता थुप्रै विषयहरूमा विकाससॅंगै परिवर्तन हुॅंदै आयो। सृष्टि निर्माताले मानव जातिलाई दिएको सबैभन्दा ठूलो वरदान भनेको ‘विचार गर्ने शक्ति’। यदि मान्छेमा विचार गर्ने शक्ति नहुॅंदो हो त आज मानव जाति कुन अवस्थामा हुने थियो होला ? यो एउटा कल्पना गर्न लायकको विषय हो। मानव समाजको विकास यति तेज रफ्तारमा बढेर गयो जुन आकाशदेखि माथि अनि भूलोकदेखि मुनिरहेको यस बह्माण्डको कुनाकुना खोताल्न सक्नेभयो।

 

मानव समाजको यसै विकासक्रमले प्रकृतिमा कयौॅं किसिमको हलचल मच्चाएको छ। मानव बस्तीहरूका विकास क्रममा कंक्रिडको घना जङ्गल बाक्लिॅंदै गयो। कयौॅं खोला–नालाको स्रोत बन्द भयो। युगौॅंदेखि एकनासले स्वच्छ रूपमा बग्दै आएका नदीहरू ठूला ठूला बॉंधहरूले रोकिन थाल्यो। कयौॅं किसिमका औद्योगिक विकास थपियो। अनगिन्ती परमाणु परीक्षणले धरती साथै प्रकृतिको पर्यावरणमा कयौॅं किसिमको नकारात्मक असर पा’यो। यस्ता परीक्षणहरू प्रकृतिका निम्ति घातक बन्यो। मानव बस्ती र मानव विकासका परियोजनाहरूको भार धरतीमाथि थपियो, थपिॅंदैछ अनि थपिइनै रहनेछ।

 

प्रकृतिको क्रोध

विकासक्रमले मानव जातिको रहनसहन दैनिक सामाजिक जनजीवनमा कयौॅं किसिमको परिवर्तन भइसकेको छ। विज्ञानले विकासको गतिमा कोशौँ कोश छलाङ मार्यो । एकापट्टि प्रकृतिलाई आघात पुर्याउँदै मानव सुविधा र विकासका निम्ति विकासक्रम अघि बढिरहेको छ अनि अर्कोतिर प्रकृतिको संरक्षण गर्ने दिशामा विकासक्रम बढ्यो तर, सुस्त गतिमा। विकासको क्रममा मान्छे यति अघि बढी बढ्यो खानपानमा समेत कयौं किसिमका जीवजन्तु, किरा, चराचुरूङ्गी, साँपहरू पनि मनोरन्जन र परीक्षणको रूपमा खाँदै जीवनलाई रङ्गीन आधुनिकतामा परिवर्तन गर्न थाले। प्रकृतिले दिएको खानपानलाई नाघेर खान नहुने मासु खाँदा कयौँ किसिमका रोगहरू निम्त्याउने कार्य भएको छ। जति पनि मानव विकासका कार्यहरू भए ती सबै प्रकृतिलाई आघात पुर्याएर भएको छ। आज जुन किसिमले पृथ्वीको जलवायुमा तेज परिवर्तन आएको छ त्यसले कयौँ उथुलपुथुल मच्चाएको छ। आज हरेक परमाणु परीक्षण साथै ठूलो सानो युद्ध नै किन नहोस् त्यसको मौन शिकार पर्यावरण नै भइरहेको छ। जलवायु परिवर्तनको असर मानव जीवनमा नै परिरहेको छ।

 

आज समग्र विश्वभरिका मानव समाजले जुन किसिमले आफ्नो दर्दुशा देख्नु परिरहेको छ यसलाई धेरैले प्रकृतिको क्रोध पनि भन्ने गरेका छन्। के साँच्चै नै मानव समाजसित प्रकृति रिसाएका हुन् त! कोरोना भाइरसको महामारीको कारणले गरिएको लकडाउनको कारणले विश्वका कयौँ महानगरहरू चकमन्न बनेको देख्दा साँच्चै नै श्राप परेको जस्तो देखिन्छ। महामारीले न राष्ट्र छुट्याउँछ, न जात न वर्ग। यसले सबैलाई एकसाथ लपेट्दछ।

 

वर्तमान समयको अवस्था देख्दा बाइबलको एउटा सुसमाचारको स्मरण आउँछ(‘‘जस्तो यजमानको दशा हुन्छ, त्यस्तै पूजाहरीको पनि हुन्छ, जस्तो दासको त्यस्तै मालिकको, जस्तो दासीको त्यस्तै मालिक्नीको, जस्तो किन्नेको त्यस्तै बेच्नेको, जस्तो ब्याज लिनेको त्यस्तै ब्याज दिनेको दशा हुनेछ’’(यशैयाः २४ः२_ । ‘‘पृथ्वी पनि त्यसमा रहने मानिसहरूको कारण अपवित्र भएको छ, किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरे, धार्मिक विधानहरू बदले र सदा सर्वदाको करार भङ्ग गरे’’(यशैयाः २४ः५) ।

 

खतरामा मानवता

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहने अस्थायी अस्त्र भनेको अहिले सामाजिक दुरी अर्थात सोसियल डिस्टेन्स मात्र रहेको छ। कारोना भाइरसबाट जसको मृत्यु भयो उनीहरूको अन्तिम संस्कार अति नै हृदयविदारक रहेको छ।

 

जसको मृत्यु हुँदा आफन्तहरू, इष्टमित्र, शुभचिन्तकहरू कोही डाँको छोडेर रूँदै, कोही आँखाभरि आँसु पारेर श्रद्धान्जली अर्पण गर्न फूल, धुप, खदा माला लिएर जान्थे। तर, कोरोना भाइरसले यसमा पनि यस्तो किसिमले दुरी ल्यायो न कोही आत्मीयले आङ्गालो होलर म्वाई खाँदै डाँको छोडेर रून पाए न कोही इष्टमित्र शुभचिन्तकले भावपूर्ण श्रद्धान्जली नै अर्पण गर्न सके। सयभन्दा बढी सङ्ख्यामा भेला हुने मलामी त के भन्नु शवयात्रा समेत गर्न नसक्ने अवस्था भयो। मृतकको घरमा समेत जान नसक्ने स्थिति आयो। यति मात्र होइन कति ठाउँमा अन्तिम संस्कार गर्नमा समेत रोक लगाउने कोशिश भयो। कोराना भाइरसले यस धरातलमा बाँचेको मानवतालाई भत्काउन लागेको यो अर्को मार्ग हो।

 

कोरोना भाइरसले आज मानव समाजमा बिस्तारै आत्मीयता र मानवतालाई बिथोल्दै लैजान थालेको छ। एक त अघिदेखि नै व्यक्तिवादीको मार्गमा प्रवेश गरिसकेको समाज झनै अहिले यसले व्यापकता पाउन थालेको छ। अघिका आत्मियजनहरू अब बिस्तारै टाडिॅंदै जान थालेका छन्। कोरोना भाइरस सदाका निम्ति निर्मूल भएर जान्छ भन्ने कुनै प्रबल सम्भावना छैन। यसमा थुप्रै किसिमका तर्क र विचारहरू अघि आएका छन्। डब्लुएचओले यो अब निको नहुने भएको हुनाले यससितै जिउनुपर्ने चेतावनी दिइसकेको छ। जसरी एचआईभी साथै अन्य रोगहरूले ग्रस्त भएपछि जीवन जिउने शैलीलाई परिवर्तन गर्नुपर्दछ। त्यसैगरि अबको जीवनशैलीमा निक्कै ठूलो परिवर्तन आउनेछ। एचआईभी रोग निको हुॅंदैन औषधीले यसलाई नियन्त्रण मात्र गर्नसक्छ अनि यसको भाइरस शरीरमा बॉंचुन्जेलसम्म रहिरहन्छ। एचआईभीबाट संक्रमित भएपछि जीवन जिउने शैलीलाई पूर्ण रूपले परिवर्तन गर्नुपर्छ। यस्तै अब कोराना भाइरससित पनि जीवन जिउने शैली परिवर्तन गर्नुपर्ने समय आइसकेको छ अनि अब शुरू पनि भइसकेको छ। तर, यसको निम्ति परिवर्तन हुने जीवनशैली भने मानव जातिको निम्ति भयानक किसिमको देखिँदैछ। कारण कोराना भाइरस अरू रोग जस्तो छैन। जसको उदाहरण आँखा अघि प्रत्यक्ष रूपमा खडा भएको छ। कोराना भाइरसभन्दा अघि पनि अरू कयौॅं ज्यान लिने सार्स, इबोला, निपाह भाइरसहरूको संक्रमण नफैलिएको होइन तर, अहिलेको जस्तै एकैपल्टमा समग्र विश्वलाई नै गाज्ने किसिमको थिएन। मान्छेलाई मान्छेदेखि विच्छेद गराउने किसिमको थिएन। आजभन्दा केही महिनासम्म अघि कोरोना भाइरस उद्भव हुनु अघि गाउॅं–घरमा कोही दिल्ली, मुम्बई, दुबई अमेरिका, इङ्ल्याण्डबाट आउॅंदा वरिपरिका आफन्त छिमेकीहरू खुशी हुॅंदै भन्ने गर्थे, ‘‘परै त अमेरिकाबाट आइपुगेछ है ! उ परको आन्टी र अङ्कलहरू त मुम्बईबाट आइपुगेछ है ! हाम्रो बढा इङ्ल्याण्डबाट आइपुग्नु भएछ ! भेटेर आउॅंछु है !’’ सामाजिक परिवेश यस्तो थियो। तर, अब सबै बदलिॅंदैछ यस्ता बदलिॅंदै गइरहेका भनाईहरू यस्ता छन् ’’अम्बुई काका त भर्खर अमेरिकाबाट आएको हो है१ उसलाई भेट्नु जानु हुॅंदैन अहिले। होइन१ होइन१ काकाको घरको छेउछाउतिर पनि जानु हुॅंदैनै, अरूलाई भनिराख्नु है।’’ यस्ता प्रवृत्ति अब विस्तारित भइसकेको छ। अहिले सबैको मुखमा एउटै वाक्य निस्किन्छ ‘‘बाहिरबाट आएका जो कोही पनि होस् पहिला क्वारेनटाइन्मा बस्नुपर्छ। कोरेन्टाइनमा बसेर आएपछि पनि उदेखि कुनै पनि किसिमले टाडै बस्ने कोशिश रहन्छ।

 

लकडाउनमा सुरक्षाका निम्ति गाउॅं(घरमा बारबन्दी पनि गरियो। एउटा गाउॅंको व्यक्ति अर्को गाउॅंमा निषेध गरिने कार्य पनि भयो। कोरोना भाइरसको प्रकोपले अन्य रोगले ग्रस्त बिमारीहरूको वास्तामा पनि कमि आएको देखिन थालेको छ। ज्वरो, सर्दी, रूघाखोकी सामान्य रूपमा सधैॅं मौसम परिवर्तन कारणले पनि आइरहने हो अनि कसैलाई खानपानले गर्दा पनि ज्वरो आउने नयॉं कुरा होइन। तर, कोरोना भाइरसको त्रासदीले सबैको मनमा डरले जरा गाडिसकेको छ। डरले एकपल्ट जरा गाडेपछि हत्तपत्त निस्किॅंदैन। बिहेबटुलको हर्षोल्लासपूर्ण हुने जमघट अब घट्दै जानेछ। मरौॅ पर्दा श्रद्धान्जली अर्पण गर्नेहरू र मलामीको भीड घटेर जानेछ। यी सबैको प्रत्यक्ष उदाहरण आज आँखा अघि यर्थाथ बनेको छ।

वर्तमान समयको सबैभन्दा तितो सत्य भनेको यहि नै भएको छ। अब बिस्तारै यस्ता दुःखदायी हृदय विदारक घटनाहरूको सामना निरन्तर गरिहॅंदा, देखिरहॅंदा, सुनिरहॅंदा तितो सत्यलाई सामना गरेर सहनु र पचाउनु नै जीवनशैली बन्दै जानेछ। कोराना भाइरसको संक्रमण रोक्न सामाजिक दुरीलाई सबैले ठूलो हतियार मानेका छन्। दिनदिनै सामाजिक दुरी बढ्दै जानेछ अनि मानव समाजभित्र एउटा मान्छेको अर्को मान्छेसित रहेको प्रगाढ सम्बन्ध पनि आपस्त टाडिॅंदै जाने स्थिति देखा पर्दैछ अनि सम्पर्क भनेको फोनमा रहनेछ। सबै धार्मिक स्थलहरूमा सामूहिक, सार्वजनिक पूजा(अर्चना, प्रार्थनाहरूमा कोराना भाइरस ठूलो बाधा बनेको छ। कोरोना भाइरसको कारणले सम्पूर्ण मानव समाजको जीवनशैली बिस्तारै बदलिॅंदै जान शुरू भएको छ।

 

अनिश्चित भविष्यतर्फ

कोराना भाइरसलाई निर्मूल पार्नसक्ने औषधी र भ्याक्सिन अहिले बनिन सकेको छैन। विश्वका कतिपय देशहरूमा कहिॅं यसको परीक्षण हुॅंदैछ भने कहिॅं यसको निम्ति गहिरो शोधकार्य युद्धस्तरमा हुॅंदैछ। औषधी र भ्याक्सिन बनाउन कति समय लाग्नसक्छ त्यो अहिले स्पष्ट रूपमा भन्न सकेका छैनन् केवल समयको अनुमान मात्र लगाइॅंदैछ। दैनिक रूपमा संक्रमण बढ्नु भनेको भविष्यको निम्ति खतरा हो। यसले यस ग्रह पृथ्वीमा मानव समाजको अस्तित्वमा अनिश्चितता दर्शाउॅंदछ।

 

विकासक्रमले मानव जातिको रहनसहन दैनिक सामाजिक जनजीवनमा कयौॅं किसिमको परिवर्तन भइसकेको छ। जति बेला मानव समाज सृजना भयो त्यति बेलादेखि नै मानव जातिमा अहङ्कारको बीजरोपण पनि भयो। चार युगको सुरूआत सत्ययुगलाई मानिन्छ। यसैले मानव समाजको विकास पनि यसै युगदेखि शुरू भएको मानिन्छ। यस युगमा दक्ष प्रजापति अहङ्कारको प्रतीक एउटा बीज मानव समाजमा रोपिएका हुन्। यही अहङ्कार व्यक्तिबाट समाजमा विकसित बन्यो अनि मानव समाजभित्र मौलायो।

 

आज अहङ्कार मानव समाजको निम्ति सबैभन्दा ठूलो शत्रु हुॅंदाहुॅंदै यसैलाई अङ्गालीरहेको छ। अमेरिका, चीन हरेक शक्तिशाली राष्ट्रले नै अहङ्कारलाई परममित्र मानिरहेका छन्। उद्देश्य सबैको एउटै रहेको छ शक्तिशाली बनेर समग्र विश्वमा आफ्नो आधिपत्य कायम गर्नु। मानव समाजको निम्ति अहङ्कार नै सबैभन्दा ठूलो पतनको मार्ग भएको छ। आजको युगमा अहङ्कार नै अदृश्य दैत्य बनेर करोना भाइरस जस्ता कयौँ अदृश्य दैत्यहरूको उद्भव भइरहनेछ। कुनै दिन कोराना भाइरस नियन्त्रणमा आउला अनि यसपछि पनि अर्को कुनै भाइरस अदृश्य दैत्यको रूपमा विनासकारी बनेर फेरि आउँदैन भन्न सकिँदैन।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।