पटक–पटक अदालत पुग्दा राम्रो सन्देश गएको छैन : डाँगी

शान्तिनगर गाउँपालिका, दाङका अध्यक्ष कमानसिंह डाँगीसँग गाउँपालिकामा १ वर्षकाे अनुभव र त्यसकाे समीक्षा, राजश्व संकलनकाे अवस्था र विकास निर्माणकाे सन्दर्भमा नेपालीपत्र डटकमकाे लागि प्रेम राम्जा मगरले गरेकाे कुराकानीः

 

एक वर्षको कामलाई कसरी समीक्षा गर्नुभएको छ ?

 

मुलुकमा १५ बर्षसम्म जनप्रतिनिधि नभएको र मुलुक नयाँ संरचनामा गएको अवस्थामा हामीलाई जनताले कामको जिम्मेवारी दिएका छन् । लामो समय पछि जनप्रतिनिधि आएका कारण हामीलाई निर्वाचित भएर आएको केही महिना काम सिक्न नै समय लागेको थियो । अलमल र अन्यौल हुँदाहुदै पनि हामीले कामलाई ट्रयाकमा ल्याएका छौँ । जनप्रतिनिधि हामीहरुले एक वर्षलाई सिक्ने अवसरका रुपमा लिएपनि गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषिमा केही नयाँ काम गरेका छौँ ।

 

विशेषगरी भन्ने हो भने हामीले सिक्ने अवसरका रुपमा वितेको एक बर्षलाई लिएका छौँ । जनताको अपेक्षा र जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धतालाई मध्यनजर गर्दै हामीहरुले एक बर्षमा काम गरेका छौँ । यसले जनतालाई केही राहत मिलेको छ । आगामी दिनमा पनि हामीहरू जनताको सुझावका आधारमा काम गर्ने प्रतिबद्ध रहेका छौँ । सिकाई उपलब्धीका रुपमा एक वर्ष बिताए पनि त्यसले आगामी दिनमा काम गर्न सजिलो हुने अपेक्षा हामीले लिएका छौँ ।  

 

शान्तिनगरमा राजश्व संकलनको अवस्था कस्तो छ ? कुन-कुन शिर्षकमा राजश्व संकलन गरिरहनुभएको छ ?

 

पछिल्लो समयमा राजश्व संकलनको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । यसले राम्रो सन्देश दिएको छैन । मान्न पनि सकिदैन । यसले जनतालाई मार परेको छ भन्ने भन्दा पनि जनताको आयस्तर कति बढेको छ र त्यसैका आधारमा राजश्व संकलनका कामहरु स्थानीय सरकारले गर्नुपर्छ । त्यसका लागि शान्तिनगर गाउँपालिकाले पनि राजश्व संकलनका लागि केही तयारी गरेको छ ।

 

गाउँपालिकामा रहेको राजश्व अनुमान समितिले करको दायरा तयार गरेको छ । त्यसमाथि पनि छलफल सुरु भएको छ । तत्काललाई हामीले राजश्व संकलनको कार्यलाई प्राथमिकता दिएका छैनौँ । हामीले अहिले भुमिको मात्रै राजश्व संकलन गरेका छौँ । भुमिको मुल्यांकनका आधारमा राजश्व लगाएका छौँ । भुमि करमा केही वृद्धि भएको छ । हिजो गाबिसबाट गाउँपालिका भएपछि भूमिको राजश्वमा कर केही वृद्धि गरेका छौँ । ब्यबसायिक रुपले जग्गाको मुल्यांकन गर्ने परिपाटीका रुपमा राजश्व संकलन भएको छ । अन्य गाउँपालिकाको तुलनामा त्यो पनि कम छ । तर, शान्तिनगर गाउँपालिकामा केही वृद्धि भएको छ ।

 

जग्गाको मुल्यांकन गर्नु भनेको व्यवसायीको रुपमा हो । हामीले अनुमान गरेको राजश्व संकलन पुरा गर्न सकेका छैनौँ । हामीले राजश्व बढाउँदा जनतालाई मार पर्ने देखेर हामीले तत्काल राजश्व बढाएका पनि छैनौँ । तर, गाउँपालिकाभित्र रहेका सात वटा वडामा राजश्व संकलनका लागि सुझाव दिन उपसमिति गठन गरेका छौँ । ती समितिहरुले दिएको सुझावका आधारमा हामीले राजश्व संकलन गर्ने सोच बनाएका छौँ ।

 

एक बर्षसम्म काम गर्दा शान्तिनगरमा के-के विकासका कामहरु आवश्यक रहेछ ?

 

एक बर्षसम्म काम गर्दा हामीहरुले मुख्य समस्याका रुपमा सडकलाई लिएका छौँ । त्यही विषयलाई मुख्य प्राथमिकता दिएर शान्तिनगर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ९७ वटा गाउँ टोल मध्ये ९३ वटा गाउँटोलमा सडक यातायात पु¥याउन सफल भएका छौँ । विकासको मुख्य आधार सडक पु¥याउन ४ वटा गाउँटोलमा पुर्‍याउन बाँकी रहेको छ । ती गाउँटोलमा पनि हामीहरू चालु बर्षमा सडक पु¥याउने गरी काम गरिरहेका छौँ ।

 

सबै गाउँटोलमा सडक पुर्‍याउन सकेपछि अरु बिकासले गति लिने आशा हामीले गरेका छौँ । जनताको माग पनि सबै स्थानमा सडक यातायातको छ । त्यसैले दुर्गम बाहेकका स्थानमा सडक पुगेका छन् । सिजनमा मात्रै भए पनि सबै बस्तीमा सडक यातायात पुर्‍याउने गरि काम भएका छन् ।  

 

तपाईंहरुले गरेका निर्णयका विरुद्ध अदालतसम्म त्यहाँका मानिसहरु जाने गरेका छन्, किन जान्छन् ?

 

कहिलेकाँही राम्रो काम गर्दा पनि समस्याहरू आउने गरेका छन् । एक वर्षको अन्तरालमा हामीले यस्तै समस्या भोगेका छौँ । हामीलाई निर्णय पुरा नभएको भनेर उच्च अदालतले स्टे अर्डर जारी गरेको छ । गाउँपालिका विरुद्ध पटक÷पटक अदालतमा मुद्दा हाल्दा गाउँपालिकालाई कतै पछाडि पार्न खेल भएको त छैन भन्ने आशंका पनि उब्जिएका छन् । गाउँपालिकाको केन्द्र सार्ने र शिक्षा नियमावली विरुद्ध जसरी अदालतसम्म पुगिएको छ त्यो गाउँपालिकाका लागि राम्रो सन्देश होइन ।

 

गाउँसभाले निर्णय गरेको विषयलाई मान्दैनौँ भन्नु कानुनसम्मत छैन । गाउँसभाले गरेका निर्णय जसरी पनि कार्यान्वयन हुन्छन् । गाउँपालिकाको केन्द्र केन्द्र भागमा हुनुपर्छ । सबै जनताको पायक पर्ने केन्द्र भएकै कारण हामीले निर्णय गरेका छौँ । सबैको हितका लागि गरिएको निर्णय पक्कै पनि कार्यान्वयन हुन्छ । केही ढिला भएको मात्रै हो । निर्णय गर्दा थोरै प्राविधिक कुरा मिलेको छैन । शिक्षा नियमावली हामीले प्रदेश सरकारले कानून बनाउने नमुनाका आधारमा, संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ११ (ज) को आधारमा तयार पारेका हौँ ।

 

यसले हामीलाई केही समस्या पारेका छैन । असोज ३ गतेसम्म जसरी पनि संघमा सबै कानून निर्माण हुनुपर्छ । भएन भने देश नै समस्यामा पर्छ । त्यसैले त्यत्तिञ्जेलसम्मका लागि हामीलाई कानूनको समस्या छैन । अर्को कुरा राजनीतिमा खुट्टा तान्ने काम सधैँ हुन्छ । यहाँ पनि भएका छन् । तर पनि हामी नमूना कामहरू गर्न तम्सीएका छौँ । केही पूर्वाग्रह राख्नेहरूले मात्रै हामीलाई समस्या पारेका छन् । त्यसले हामीलाई केही समस्या हुँदैन ।  

 

शान्तिनगरलाई नमूना गाउँपालिका बनाउने योजना के छन् ?

 

हामीसँग ठूला योजना छैनन् । हामीसँग त्यति ठूलो रकम पनि छैन । हामीले सबै घरका खरका छाना फाल्ने काम गर्न पनि सक्दैनौं । तर अशक्त, अत्यन्त विपन्नका घरमा जस्तापाता हाल्ने कार्यक्रम रहेको छ । यस्तै दुर्गम क्षेत्रका आधारभुत विद्यालयका अत्यन्त विपन्न परिवारका विद्यार्थीलाई उज्यालोका लागि सोलार उपलब्ध गराउने तयारी गरेका छौँ । त्यसका लागि हामीहरुले १० लाख रुपैयाँ बजेटको व्यवस्था गरेका छौँ ।

 

शान्तिनगर गाउँपालिका वडा नम्बर १ र ३ तथा केही वडा नम्बर २ का बस्तीहरु दुर्गम रहेका छन् । मुल्यांकनका आधारमा हामीहरू सोलार वितरण गर्ने तयारी गरेका छौँ । सबै जनप्रतिनिधिहरू एक जुट भएर काम गरिरहेका छौँ । शान्तिनगरमा आग्र्यानिक खेतीका लागि नमुना काम गर्ने तयारी गरेका छौँ । गाउँपालिकाका आगरनेटा, पेदीखोला र बस्तीखोलामा आग्र्यानिक तरकारी खेतीका लागि तयारी गरेका छौँ । केही दिनमा त्यसका लागि कृषकहरुलाई प्राविधिक विषयमा जानकारी दिने काम सुरु गर्ने तयारी भइरहेको छ । शान्तिनगरलाई कृषिका रुपमा नमुना र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सोच हामीले बनाएका छौँ ।

 

संचारको क्षेत्रबाट कस्तो सहयोग होस् भन्ने चाहनुहुन्छ ?

 

व्यक्तिगत रुपमा म सञ्चारको महत्वलाई राम्रोसंग बुझ्छु । जनप्रतिनिधिका रुपमा के कस्ता काम गर्नुपर्छ भन्ने अनुभव छ । विगतमा जिल्ला विकास समितिको सदस्य हुँदा संचारसँग म निकट थिए । यतिवेला पनि म सञ्चारलाई महत्व दिइरहेको छु । शान्तिनगर गाउँपालिका पछि परेको गाउँपालिका हो । पहिलेका तीनवटा गाविस यसमा रहेका छन् । बाघमारे, धनौरी र शान्तिनगर यसमा रहेका छन् । 

 

तीनवटै गाविस पहिले पनि पछि थिए । तर यस्तो हुँदा हुँदै पनि हामीले धेरै काम गर्न खोजेका छौँ । सञ्चारले हामीलाई पूर्ण सहयोग गरिरहेको छ । आगामी दिनमा पनि सहयोग हुनेछ भन्ने अपेक्षा हाम्रो रहेको छ । केही महिना अघि शान्तिनगरमा झाडापखाला फैलदा सञ्चारले हामीलाई राम्रो सहयोग गरेको थियो । आगामी दिनमा पनि सञ्चारले हामीलाई सहयोग गर्नेछ भन्ने अपेक्षा रहेको छ ।


थप समाचार

'लोभी र स्वार्थी सलाह'

  • 7 minutes ago
'लोभी र स्वार्थी सलाह'

एजेन्सी । लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाहलाई पुर्व लिभरपुल खेलाडी जेम्मी कारागारले लोभी र स्वार्थी खेलाडी भएको बताएका छन् ।

मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

  • 11 minutes ago
मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

एजेन्सी । मैत्रिपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टिमले स्पेनको राजधानी मड्रिडमा अभ्यास गरेको छ । यसै हप्ता हुने भेनेजुयलासँगको मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाले तयारी गरेको हो ।

मोजाम्बिकमा डरलाग्दो सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

  • 26 minutes ago
मोजाम्बिकमा डरलाग्दो सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

बेयरा, मोजाम्बिक । मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।