Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसनी देओल फिल्ममा हिट, तर राजनीतिमा भएनन् फिट !

सनी देओल फिल्ममा हिट, तर राजनीतिमा भएनन् फिट !


एजेन्सी । सनी देओलको फिल्म गदर २ ले बक्स अफिसमा धमाका गरिरहेको छ । ६५ वर्षको उमेरमा पनि उनको फिल्मी करिअर झन् बलियो देखिएको छ । तर, राजनीतिमा भने उनी सफल मानिएका छैनन् ।

गुरदासपुरका जनता उनीसँग आक्रोशित छन् । यससँगै उनले आगामी चुनाव लड्न अस्वीकार गरेका छन् ।

सन् २०१९ को चुनावअघि सन्नी देओल राजनीतिमा प्रवेश गरेपछि भाजपाले उनलाई टिकट दिएको थियो र गुरदासपुरबाट उनले चुनाव जितेका थिए ।

यो त्यो समय थियो जब सनी देओलका धेरै फिल्महरू बक्स अफिसमा लगातार फ्लप भइरहेका थिए। त्यतिबेला उनको फिल्मी करियर डगमगाएको थियो र राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनको राजनीतिक यात्रा विजयबाट सुरु भएको थियो ।

तर, सन् २०२४ को चुनाव अघि नै सनी देओलले चुनाव लड्न अस्वीकार गरेका छन् ।

सन्नी देओल यतिबेला आफ्नो फिल्म गदर २ को सफलताका कारण देशभर चर्चामा छन्, उनको फिल्म सुपरहिट बनेको छ, ४०० करोडभन्दा बढी कमाइसकेको छ तर उनी अहिले राजनीतिबाट टाढा छन् ।

केही दिनअघि सन्नी देओलले एक अन्तर्वार्तामा आफूले सन् २०२४ को चुनाव नलड्ने बताएका थिए । उनले भनेका थिए, ‘अभिनेता भएर देशको सेवा गर्न चाहन्छु, तर राजनीतिमार्फत सेवा गर्ने मेरो क्षेत्र रहेनछ ।’

सनी देओल मात्रै होइन, उनीभन्दा अगाडि उनका बुवा तथा बलिउड अभिनेता धर्मेन्द्रको पनि राजनीतिसँग यस्तै वितृष्णा थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT