Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थयामाहाको चाडपर्व लक्षित योजना सार्वजनिक

यामाहाको चाडपर्व लक्षित योजना सार्वजनिक


काठमाडौँ। नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले चाडपर्व लक्षित ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ।

दशैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने योजना सहित यामाह मोटरसाइकल र स्कुटर मार्फत स्पोर्टीनेस्, स्टाइल र एक्साइटमेन्ट उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा ६ हजारदेखि १ लाख रूपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्मको स्युर–सट क्यासब्याक, लक्की ड्र मार्फत दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन १४ को साप्ताहिक उपहार र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्ने कम्पनीले बताएको छ।

एमएडब्लू टु ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले चाडपर्वको सिजनमा कम्पनीले हरेक राइडलाई असाधारण बनाउन र ग्राहकका जीवनमा जादुको स्पर्श थप्ने लक्ष्य राखेका बताए।

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देश भर रहेका यामाहाका सबै शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने विश्वास कम्पनीको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT