IIMS College

ISMT

HUB Education

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको होः सभापति देउवा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् । 

 

सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रेस वक्तव्यमार्फत उनले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका छन् । विसं २००७  कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले बताएका छन् ।

 

“प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो”, विज्ञप्तिमा उल्लेख छ । यसले जातजाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेद्भाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको सभापति देउवाले उल्लेख गरेका छन् । 

 

प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उनको भनाइ थियो । देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने बताएका छन् । प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 5 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 5 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 6 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।