IIMS College

ISMT

HUB Education

नयाँ वर्षमा पूर्व काउन्सिलर गुरुङको नयाँ गीत 'हे चरी..' (भिडियो)

  • बिहीबार, १७ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा नेपाली मुलबाट यहाँको काउन्सिलर निर्वाचित हुनेहरुमध्ये पहिलो  हुन् धनकिरण गुरुङ ।

 

गोर्खा मेमोरोयिल फण्डका संस्थापक समेत रहेका भूपू गोर्खा गुरुङ राजनीति र समाजसेवाबाहेक सांगीतिक कर्ममा पनि निरन्तर सक्रिय रहँदै आएका छन् । 

 

अंग्रेजी नयाँ वर्षको आगमनसंगै पूर्व काउन्सिलर गुरुङले यतिबेला आफ्नो नयाँ गीत 'हे चरी...'  सार्वजनिक गरेका छन् । पप-आधुनिक शैलीको यो गीतको म्युजिक भिडियो नयाँ वर्षकै दिन युट्युबमार्फत रिलिज गरिएको छ । 

 

गायक गुरुङकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन सृजन नेपालले गरेका छन् भने म्युजिक भिडियो निर्देशन ध्रुवराज पराजुलीले गरेका छन् । चाम्स इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा रुसा न्यौपानेले अभिनय गरेकी छन् ।  

 

धनकिरण गुरुङ

 

 

अहिलेसम्म ७ वटा सांगीतिक एल्बम सार्वजनिक गरिसकेका पूर्व काउन्सिलर गुरुङले २ सय बढि गीतहरुमा आवाज दिइसकेको बताउँछन् । 

 

बेलायती सेनामा कार्यरत रहेकै बेला सन् १९८७ मा हंककंगमा ब्रिटिश फोर्सेस रेडियोमा उनले आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए 'डाँडापारीको त्यो गाउँमा...' । सन् १९९० मा उनले आफ्नै पहलमा बेलायतमा 'हिमालयन २'  नामक नेपाली सांगीतिक ब्याण्ड स्थापना गरे जुन अहिलेसम्म पनि सक्रिय नै छ । 

 

सन् ११९३ मा 'चाहना' नामको आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका गुरुङले सो एल्बमको आम्दानी नेपालका दृष्टिविहिन बालबालिकालाई सहयोग गरेको बताउँछन् ।त्यसपछिका आफ्ना सबै सांगीतिक एल्बम कमर्सियल भन्दा पनि च्यारिटीको उद्धेश्यबाट बढि प्रेरित रहेको उनको भनाइ छ । 

 

सन् २०१८ मा ह्यारो, केन्ट र स्वीण्डन गरी बेलायतका तीन शहरमा गुरुङले आफ्नो एकल सांगीतिक शोहरु गरेका थिए । त्यस्तै, उनले गत फेब्रुअरीमा नेपालको झापामा समेत एकल सांगीतिक साँझ गरेर दैवीप्रकोप पीडितका लागि सहयोग जुटाएका थिए । 

 

आउँदो फेब्रुअरी अन्तिम साता रोपाको थवाङमा जोआना लुम्ले कम्प्युटर टेक्नोलोजी एण्ड एजुकेसन सेन्टरको उद्घाटनका अवसरमा पनि सांगीतिक प्रस्तुति गरेर सेन्टरका लागि कोष संकलन गर्ने गुरुङको योजना छ । उनीआफै संस्थापक रहेको गोर्खा मेमोरियल फण्डले करिब २० लाख रुपियाको लगानीमा उक्त सेन्टर स्थापना गर्न लागेको हो । 

 

हेरौं, गुरुङको नयाँ गीत हे चरीको भिडियो : 

 


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 10 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 26 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 29 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।