IIMS College

ISMT

HUB Education

‘ई–सेवाले सेवाभन्दा पनि सास्ती दियो’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपालको पहिलो अनलाईन भुक्तानी माध्यम ‘ई–सेवा’को सेवाबाट सेवाग्राहीहरु आक्रान्त बनेका छन् । सजिलोको लागि ई–सेवाबाट कारोबार गर्दा झनै सास्ती खेप्नुपरेको भन्दै सेवाग्राही मुख्य कार्यालयमै पुगेर गुनासो टिपाउँदा पनि समस्याको समाधान भएको छैन ।

 

एक पीडितले नेपालीपत्रसँग कुरा गर्दै आफूलाई ई–सेवाले धोका दिएको बताए । उनले बिहीबार बिहान ११ बजेतिर ई–सेवाको खातामा रहेको ९ हजार रकम आफ्नो एनआईसी बैंकको खातामा पैसा पठाएपनि उनको खातामा यो समाचार तयार पर्दासम्म रकम जम्मा भएको छैन । तर, ई–सेवाले भने उनको रकम रोक्का गरिसकेको छ ।

 

यसबारेमा ई–सेवाको कार्यालय कमलादीमै पुगेर दिउँसो साढे १ बजेतिर समस्याको जानकारी गराउँदा पनि कार्यालयले समस्याको निराकरण १० मिनेटमै हुने बताए पनि करिब ५ बज्दासमेत उक्त रकम (पेन्डिङ) रोक्का भइरहेको छ । आफ्नो रकम रोक्का भएपछि उनले भने ‘ई–सेवाले सेवा भन्दा पनि सास्ती दियो ।’

 

 

ई–सेवाले दिएको समस्याको बारेमा उपलब्ध नम्बरहरुमा फोन गर्दा पनि ती नम्बरहरुमा सम्पर्क नभएपछि पीडित मुख्य कार्यालय नै पुगेका थिए । ई–सेवाले ग्राहकहरुको लागि उपलब्ध नम्बरहरु १६६००१०२१२१ तथा ९८०४४४२४३५ मा हामीले पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेको छैन । तर, यी नम्बरहरुलाई भने कम्पनीले आफ्नो वेभसाइटमा प्राथमिकताको साथ राखेको छ ।

 

त्यसोत, ई–सेवाले ०७१–५०३३७५ नम्बरबाट आफ्नो सक्रिय नभएका ग्राहकहरुलाई फोन गरेर किन ई–सेवा नचलाउनु भएको भन्ने जस्तो अनावश्यक प्रश्न गरेर दिक्क बनाउने गरेका छन् । काठमाडौँमा मुख्य कार्यालय भएको ई–सेवाले अर्कै प्रदेशबाट फोन गर्नु उपयुक्त नभएको ग्राहकहरुको गुनासो छ । 

 

ई सेवा नेपालको पहिलो अनलाईन भुक्तानी माध्यम भए पनि ग्राहकहरुलाई राम्रो सेवा दिन नसकेको आरोप लाग्दै आएको छ । यस्तो ग्राहकहरुको लागि उपलब्ध गराएको नम्बरमा सम्पर्क नै नहुँदा ई–सेवाको कार्यालयमै पुग्ने ग्राहकहरुको संख्या पनि बढ्दो छ । ई–सेवाले सिस्टम अपडेटको नाममा पनि कहिलेकाँही ग्राहकहरुबाट गुनासो आउने गरेको छ ।


थप समाचार

अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

  • 3 minutes ago
अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

काठमाडौँ । सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन

बिल्ली चले हज !

  • 9 minutes ago
बिल्ली चले हज !

काठमाडौं । शनिबार राप्रपाको कार्यक्रममा कमल थापाले अब, नेकपाको सरकारमा सहभागी भएर गल्ती नगर्ने प्रतिबद्धता जनाए ।

कोरोना भाइरस फैलिनुको रहस्य यस्तो !

  • 19 minutes ago
कोरोना भाइरस फैलिनुको रहस्य यस्तो !

बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।