IIMS College

ISMT

HUB Education

सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा बालबालिकालाई बढी सजाय

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । 

 

साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । 

 

केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महीनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् ।

 

यी सजायका घटनाबाट बालकमात्र पीडित भएको पाइन्छ । शारीरिक सजाय दिनेमा विद्यालय प्रधानाध्यापक (पुरुष) दुई जना, पुरुष शिक्षक दुई जना छन् । 

 

पिटाइ खानेमध्ये तीन बालकले गम्भीर खाले चोट पाएका छन् । साथै शारीरिक सजाय पाउने तीन बालक संस्थागत विद्यालयका छन् भने एक जना सामुदायिक विद्यालयका रहेका छन् । 

 

सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयमा शारीरिक सजाय दिने प्रचलन बढी रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । 

 

पछिल्लो पटक विभिन्न बहानामा विद्यार्थीबाट घटनासमेत बाहिर आइरहेका छन् । बालबालिकासम्बन्धी ऐन २०७५ मा ‘बालबालिकालाई कुटपिट गर्ने, तर्साउने, भयको वातावरणमा राख्ने र बालबालिकाको विकासमा अवरोध पुर्‍याउनु हुँदैन’ भनिएको छ । 

 

बाल अधिकार समितिका संयोजक कृष्ण सुवेदीले बालबालिकालाई अनावश्यक कुटपिट गर्ने शिक्षकलाई कानूनअनुसार कारवाही गर्नुपर्ने माग गरे । 

 

सुवेदीले बालबालिकालाई सहजरुपमा शिक्षा दिने उद्देश्यले ‘माया मेरो अधिकार’ नामक अभियानसमेत सञ्चालन गर्दै आएका छन् । संविधानको मौलिक हकमा नै बालबालिकाको अधिकारबारे उल्लेख गरिएको छ । 

 

समितिका अनुसार बाल यौन दुर्व्यवहार र बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बाल श्रम, बालबालिकाको बेचविखन तथा ओसारपसार, अपहरण, बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजाय, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 2 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 2 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 2 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।