Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनसोचेको खुशी पाउँदा…

नसोचेको खुशी पाउँदा…


सिरहा । संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो १ दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।

सिरहा नगरपालिका–६ की ६० वर्षीया दारावती दासको जिन्दगी यस्तै पीडा, सङ्घर्ष र छट्पटीबीच विगत एक वर्षदेखि चलिरहेको थियो । चार–पाँच वर्ष अगाडिदेखि उनको आँखाको ज्योति धुमिल हुँदै गएको थियो भने गएको एक वर्षदेखि पूरै ज्योति गुमेको थियो । दैनिक गुजारा चलाउन धौधौ पर्ने दलित परिवारमा उहाँको हेरचाह बुहारी अनितादेवी दासले गरिरहेकी थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार सम्भव भएको थिएन ।

यसबीच वडाले निःशुल्क आँखा शिविर आयोजना गर्यो । उहाँको आँखामा मोतियाबिन्दु भएको पत्ता त लाग्यो तर कसरी आर्थिक जोहो गर्ने त्यसको कुनै भेउ थिएन । आर्थिक अवस्था कमजोर भएका दारावतीजस्तै वडाका अन्य ५५ मोतियाबिन्दुका बिरामीले आइतबार वडाध्यक्ष इन्द्रजित यादवको पहलमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतामा गई आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । पुनः आँखाको ज्योति पाएपछि दारावतीजस्तै अन्यको मुहारमा खुसी प्रष्ट देखिन्थ्यो ।

“बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, अपरेशन भगैल, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क बन्यो, तर अपरेशनपछि आँखाले ज्योति पायो । फेरि नयाँ जीवन पाएझैँ लागेको छ) आइतबार शल्यक्रियापछि आँखाको ज्योति पाएर खुसीले दङ्ग हुँदै दारावतीले भनिन् ।

उनीजस्तै सोही वडाका ६५ वर्षीया किशोरी यादवले पनि नयाँ ज्योति पाएकामा उपचारमा संलग्न चिकित्सक र सहयोग गर्ने वडाध्यक्षलाई धन्यवाद दिँदै खुसी मनाइन् । “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइनँ”, किशोरीले भनिन्, “तर अध्यक्षज्यूले सबैलाई अस्पतालसम्म लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभयो । उपचार पाएर प्रष्ट आँखा देख्ने भएको छु । अत्यन्त खुसी लागेको छ ।” अन्धकारबाट फेरि यो संसार हामीलाई हेर्नकै लागिरहेछ जनाउँदै उनले नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति भएको बताइन् ।

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको वडाध्यक्ष इन्द्रजितको भनाइ छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, उनले अगाडि भने, “जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो ।”

शिविरमा सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको र शल्यक्रिया गरिनुपर्नेलाई भने उनीहरूको प्रयोगशाला परीक्षण, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । जनप्रतिनिधि भएको हिसाबले आफ्ना नागरिक रोगसँग लडिरहँदा उपचारका लागि वडाको बजेट पर्याप्त नभएपछि सहयोगी निकाय खोजेर भए पनि नागरिकको उपचार गर्नुपर्छ भन्ने मान्यताले आफू लागिपरेको वडाअध्यक्ष इन्द्रजितले जानकारी दिए । यसका लागि ‘हेल्पिङ ह्याण्डस नेपाल’को समेत आर्थिक सहयोग रहेको उनले बताए ।

निःशुल्क आँखा शिविरमा तीन सय पाँच आँखाका बिरामी पहिचान भएकामध्ये ७३ जनामा मोतियाबिन्दु पाइएको थियो । उनीहरूमध्ये पहिलो चरणमा ५५ जनाको शुक्रबारदेखि आइतबारसम्म गरी तीन दिनमा शल्यक्रिया गरिएको र बाँकीको पनि चाँडै गरिने वडाअध्यक्ष इन्द्रजितले जानकारी दिए ।

उपचारका लागि जिल्लाकै सगरमाथा चौधरी आँखा अस्पताल लहानसम्म आवत जावत गर्नका लागि यातायातको समेत व्यवस्था गरिएको थियो ।

पछिल्लो समयमा मोतियाबिन्दु उपचारको क्षेत्रमा फिसहुक, फेकोजस्ता नवीन प्रविधि आविष्कार गरी आँखाको उपचार गर्दै आएको अस्पतालले गर्ने गुणस्तरीय उपचारका कारण नेपालसहित छिमेकी राष्ट्र भारतबाट समेत बिरामीको सङ्ख्या बढिरहेको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT