ब्रेक्जिट प्रभाव : बेलायतमा युरोपेलीहरु घट्दै

  • बिहीबार, ७ भदौ, २०७५
  • 5 months ago
  • युके

 

लण्डन । बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बहिर्गमन हुने क्रम अघि बढिरहंदा युरोपेली देशहरुबाट बेलायतमा आउने मानिसहरुको संख्या क्रमिक रुपमा घट्दै गएको छ । 

 

हालै सार्वजनिक एक तथ्यांकले युरोपबाट बेलायतमा हुने नेट माइग्रेसनमा गिरावट देखाएको छ । 

 

गत मार्च महिनासम्मको १ वर्षको अवधिमा बेलायतमा युरोपेली नागरिकहरुको नेट माइग्रेसन ८८ हजारमा झरेको छ । यो संख्या युरोपेली देशहरुबाट सो अवधिमा बेलायत आउने कुल संख्या र बेलायत छोडेर युरोप फर्किनेहरुको संख्याबीचको भिन्नता हो । 

 

बेलायतमा युरोपबाट भएको नेट माइग्रेसनको संख्या २०१२ यता यति न्यून संख्यामा झरेको थिएन । 

 

गत मार्चसम्मको १ वर्षको अवधिमा युरोपेली देशहरुबाट बेलायत भित्रिनेको कुल संख्या २ लाख २६ हजार थियो भने सो अवधिमा बेलायत छोड्ने युरोपेलीहरुको संख्या १ लाख ३८ हजार थियो । 

 

अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार बेलायतमा युरोपेलीहरुको नेट माइग्रेसनमा गिरावट हुनुको कारण पश्चिमी युरोपेली देशहरुबाट आउनेह रुको संख्या घटेर हो । 

 

एक फरक तथ्यांकका अनुसार गत अप्रिल महिनादेखि जुन महिनासम्मको अवधिमा बेलायतमा कार्यरत युरोपेली नागरिकहरुको संख्या अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ८६ हजारले घटेको थियो । 

 


थप समाचार

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

  • 8 minutes ago
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पह

भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड

  • 12 minutes ago
भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड

एजेन्सी । स्पेन सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ ।

नेपाल थाइल्याण्डसँग पराजित

  • 33 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।