IIMS College

ISMT

HUB Education

सामुद्रिक आँधीका कारण फिजीमा दुई वेपत्ता, तीन हजार विस्थापित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । 

 

‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् ।

 

 विस्थापित ती व्यक्तिहरु शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् । शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ । 

 

समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरुमा पनि क्षति पु¥याएको छ ।“समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,” एक स्थानीयले एएफपीसँग भने । 

 

फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरुले विस्थापितहरुका लागि तत्काल तीन हजार एक सय १५ अस्थायी शिविरहरुको आवश्यकता परेको बताएका छन् । 

 

आँधीका कारण घरमा क्षति नपुगेकाहरुलाई भने चाडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरुले जानकारी दिएका छन् ।“हामीलाई थाहा छ, विस्थापित मध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्दछ, किनकी अहिले अत्यधिक बर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,” वरिष्ठ अधिकृत उरैया रैनिमाले भने । 

 

उनले अधिकांश घर फर्किन थालिसकेको सूचना आफुहरुलाई प्राप्त भएको पनि जानकारी दिए । आँधी आएको ताभेनी टापुमा झण्डै १९ हजार मानिस बसोबास गर्ने गरेका थिए । त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरुले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् । आँधीकै कारण कसैको मृत्यु भएको खवर भने आएको छैन । 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 50 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 56 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 1 hour ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।