आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।

 

दाह्री, जुँगा काट्नु, मुहार सफा पानीले धुनु र कपाल नुहाउनु नै स्याहारका लागि पर्याप्त रहेको ठान्नु गलत हो । नुहाउनु आवश्यक बिहानै नुहाउनु मात्र हैन, सही तरिकाले नुहाउनु आवश्यक छ । नुहाउँदा सामान्य रुपमा स्याम्पु या साबुनको प्रयोगले मात्र ब्याक्टेरिया हटाउन सकिन्न । त्यसका लागि एमिनो नभएको स्याम्पु र कन्डिसनरको प्रयोग आवश्यक पर्छ । 

 

दाह्री काट्ने क्रिम

स्मुथ रुपमा दाह्री जुंगा काट्नका लागि सेविङ क्रिमको प्रयोग आवश्यक पर्छ । सामान्य रुपमा साबुनले पनि काम चलिहाल्छ नि भन्ने लाग्छ भने यो गलत हो । यसले अनुहारको छालामा नकारात्मक असर पार्ने जोखिम हुन्छ । त्यसैले नियमितरूपमा सेविङ क्रिमको प्रयोग गरेर मात्र दाह्री जुंगा काट्नु राम्रो ।

 

नयाँ ब्लेड

दाह्री, जुंगा काट्दा ब्लेडको चयनमा पनि सावधान हुनुपर्छ । पुरानो ब्लेड सकेसम्म प्रयोग नगरे राम्रो । धार बिग्रिएको ब्लेडले जबर्जस्ती सेविङ गर्दा छालामा एलर्जी हुने, दर्फराउने समस्या हुनसक्छ । 

 

मस्चराइजर

मस्चराइजर महिलाका लागि मात्रै हैन, छाला खस्रो भएका पुरुषका लागि यो फाइदाजनक हुन्छ । सूर्यबाट निस्कने अल्ट्राभायोलेट किरणले महिलाको मात्रै हैन पुरुषको छालालाई पनि नकारात्मक असर पार्छ । यसबाट जोगिन पनि मस्चराइजर गराउनु राम्रो ।

 

टुथपेस्ट र टुथब्रस

दाँत नियमित माझ्नु पर्छ । तर ब्रस र पेस्टको सही चयन गर्न नसक्दा नियमित ब्रस गर्दासमेत दाँतलाई नकारात्मक प्रभाव पारिरहेको हुनसक्छ । ब्रस छान्दा कडाभन्दा नरम नै छान्नुपर्छ । पेस्ट छान्दा सोडियम क्लोराइड भएको छान्नु राम्रो ।  

शुक्रबार


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।