IIMS College

ISMT

HUB Education

नमूना र प्रभावकारी बन्दै बायोग्याँस प्लान्ट

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वालिङ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ । देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको परिसरमा निर्माण गरेको बायोग्याँस प्लान्ट नमूना बनेको हो । 

 

सार्वजनिक शौचालय निर्माणका लागि उपयुक्त स्थानमा जग्गा फेला नपरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कार्यालय परिसरमा सार्वजनिक शौचालय निर्माण गरी त्यहीँबाट बायोग्याँस निकालिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताए । 

 

प्रहरी कार्यालयको जग्गामा दुईतिर फर्काएर सार्वजनिक शौचालय निर्माण गरिएको छ । कम्पाउण्डभित्रपट्टिको शौचालय प्रहरी तथा कार्यालयमा जाने सेवाग्राहीले र कम्पाउण्डभन्दा बाहिरपट्टि फर्किएको शौचालयमा अन्य सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् ।

 

“नगरपालिकाले ३३ लाखको लगानीमा प्रहरी र सर्वसाधारणका लागि निर्माण गरेको शौचालयबाट बायोग्याँस उत्पादन हुने गरेको छ”, नगरप्रमुख क्षेत्रीले भने, “यो प्लान्ट गण्डकी प्रदेशमै पहिलो नमूना र प्रभावकारी बन्न पुगेको छ ।” सार्वजनिक शौचालय निर्माण गर्दैगर्दा प्रहरी कार्यालयमा बायोग्याँस सहज भएको नगरप्रमुख क्षेत्रीको भनाइ थियो ।

 

“नगरपालिकाको पहलमा पहिलोपटक निर्माण भएको बायोग्याँस प्लान्ट सफल भएको छ”, नगरप्रमुख क्षेत्रीले भने, “अब छिट्टै जिल्ला कारागार स्याङ्जामा सोही किसिमको प्लान्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको छ ।” प्रहरी कार्यालय परिसरमा निर्माण भएको बायोग्याँस प्लान्टले ७०÷८० जनालाई दैनिक खाना पकाउन सहज भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । 

 

“पहिले सिलिण्डर ग्याँसको प्रयोग गरेर मेस चलाउनुपर्ने अवस्था थियो”, प्रहरी प्रवक्ता भण्डारीले भने, “बायोग्याँस प्लान्टले सिलिण्डर किन्ने खर्च बच्नुका साथै छिटो छरितो र सहज भएको छ ।”


थप समाचार

नलगाडको मुआब्जा वितरणको बाटो खुल्यो

  • 2 minutes ago
नलगाडको मुआब्जा वितरणको बाटो खुल्यो

जाजरकोट । नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो ।

खतिवडाको चिन्ता !

  • 9 minutes ago
खतिवडाको चिन्ता !

काठमाडौं । डा. युवराज खतिवडा वर्तमान अर्थमन्त्री हुन् । लामो समय राष्ट्र बैंकको जागिरे जीवन बिताएर होला, उनलाई बैंकिङ क्षेत्रको धङधङीले अझै छाडेको छैन ।

देउवा दंग !

  • 17 minutes ago
देउवा दंग !

काठमाडौं । गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा काम देख्न नसकेर केही शक्ति सरकार ढाल्ने खेलमा लागेको बताए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।