जिगेसामा चुनियो नयाँ नेतृत्व

  • बुधबार, १३ चैत, २०७५
  • 1 year ago
  • युके

 

लण्डन । साउथ ईस्ट लण्डन क्षेत्रका भूतपूर्व गोर्खाहरुको संगठन ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) मा नयाँ नेतृत्व चयन भएको छ । 

 

गत शुक्रबार प्लमस्टिडमा सम्पन्न संस्थाको पाँचौं अधिवेसनले ओमप्रसाद गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष निर्वाचित गुरुङ अघिल्लो कार्यसमितिका उपाध्यक्ष हुन् । 

 

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रेमजंग शाही, उपाध्यक्ष रेवतबहादुर थापा र श्रीध्वज लिम्बू तथा महिला उपाध्यक्ष विष्णु गुरुङ निर्वाचित भएका छन् । 

 

त्यस्तै, महासचिव हरिकुमार मल्ल, सचिव तुलमाया राई, कोषाध्यक्ष भिमबहादुर घले, सहकोषाध्यक्ष आशबहादुर गुरुङ र  प्रवक्ता भोजप्रसाद गुरुङलाई चयन गरिएको छ । 

 

कार्यसमिति सदस्यहरुमा भने लालबहादुर थापा, दूतकाशी गुरुङ, प्रेमबहादुर थापा, लक्ष्मी सेन, दिलमाया थापा, भिमबहादुर पुन, तुलमाया दुरा, तिलबहादुर गुरुङ, काजीमान गुरुङ, रुक्मणी सुब्बा लिम्बू, हर्कमाया लिम्बू, मनमाया गुरुङ, दिलसरि गुरुङ, हिउंकुमारी गुरुङ र  भिमकुमारी गुरुङ चुनिएका छन् । 

 

संस्थाकी निवर्तमान अध्यक्ष लिलादेवी गुरुङलाई पदेन रुपमा संस्थाको सल्लाहकारमा मनोनित गरिएको छ । बांकी सल्लाहकार कार्यसमितिको बैठकबाट मनोनित गर्ने महासचिव हरिकुमार मल्लले जानकारी दिए । 

 

 

२५ सदस्यीय नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । निर्वाचन समितिका संयोजक केशबहादुर गुरुङले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथग्रहण गराएका थिए । गुरुङ संयोजकत्वको निर्वाचन समितिमा केशरबहादुर चन्द, श्रीध्वज लिम्बू, तुलमाया राई र बिसन थापा सदस्य थिए । 

 

यसअघि संस्थाकी अध्यक्ष लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेसनमा जिगेसाका झण्डै ३ सय सदस्य सहभागी थिए । 

 

संस्थाका अनररी मेम्बर जेरी आम्सन प्रमुख अतिथि रहेको कार्यक्रममा ओमप्रसाद गुरुङ, खुमबहादुर गुरुङ र दुर्गाबहादुर रानाले शुभकामना मन्तव्य दिएका थिए । वरिष्ठ उपाध्यक्ष प्रेमजंग शाहीले स्वागत मन्तव्य दिएका थिए भने  हस्तबहादुर लिम्बूले हेल्थ एण्ड सेफ्टी ब्रिफ गराएका थिए । कार्यक्रमकी अतिथि गेसोकी केन्द्रीय कोषाध्यक्ष देविमाया पुनले अधिवेसनमा विशेष सहयोग गरेकी थिइन् । 

 

 

त्यसअवसरमा निवर्तमान कार्यसमितिका महासचिव हरिकुमार मल्लले विगत २ वर्षका विवरण समेटेर प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष गमबहादुर गुरुङले आर्थिक प्रतिवेदन बुझाएका थिए । 

 

निवर्तमान कार्यसमितिकी अध्यक्ष लिलादेवी गुरुङले आफ्नो कार्यकालमा भएका विभिन्न कामहरुबारे जानकारी गराउंदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

 

 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 9 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 22 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।