IIMS College

ISMT

HUB Education

जनप्रतिनिधिले नै घुस मागेपछि...

  • शनिबार, ११ माघ, २०७६
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन । कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ ।

 

तर, जाजरकोटको एक स्थानीय तहका अध्यक्ष भने स्थानीयको विकास निर्माणको आकाङ्क्षा लत्याउँदै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका छन् । 

 

सोही गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु आठ लाख घुस लिएको अबस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आयोगले अध्यक्ष केसीसहित निजसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई पनि नियन्त्रणमा लिएको छ । 

 

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थिति पूरानो मालपोट कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको भए पनि आयोगले अनुसन्धान गरेर आजमात्र सार्वजनिक गरेको हो । 


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 30 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 46 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 49 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।