Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘अगस्त्य’को विदेशमा २५ सयभन्दा बढी शो हुने

‘अगस्त्य’को विदेशमा २५ सयभन्दा बढी शो हुने


काठमाडौँ। डार्क हर्स इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्माणाधिन फिल्म ‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री भएको छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो।

सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० शो, क्यानडामा १५० शो, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा करिव ५०० शो र मध्यपूर्वका विभिन्न देशहरूका हलमा ७५० शो प्रदर्शन हुनेछ।

निर्माण पक्षले फिल्मको छायांकन करिब ४५ प्रतिशत सकिंदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री हुनुलाई उपलब्धि मानेको छ। ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो’, डार्क हस इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

‘अगस्त्य–भाग १’ को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै बलिउड कलाकारहरुको पनि अभिनय रहेको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन रहेका छन्। फिल्मको प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT