Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसानिमा बैंकद्वारा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण


काठमाडौँ। सानिमा बैंकले १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ। बैंकले सानिमा दीर्घायुतलब बचत खाता अन्तर्गत उक्त रकम रकम भुक्तानी गरेको हो।

बैंकमा खाता भएकी भूमिका आलेको दुर्घटना भई मुत्यु भएकाले उनको हकवाला क्षितिज आलेलाई १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।

सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन्।

आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायुतलब बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दीर्घायुबचत तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्मको १३ घातक रोगहरूको उपचार बिमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधि उपचार बिमा, ५० हजारको आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

Techie IT