अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको वार्तामा सुरक्षा पहरा गोर्खाहरुले दिने

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 5 months ago
  • युके
भारतीय प्रम मोदी , अमेरिकी रक्षा मंत्री माटिस लगायत सहभागी भिआइपी बैठकको सुरक्षामा तैनाथ गोर्खाहरु ( तस्बिर: रोयटर्स)

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्च्स्तरयीय वार्तामा सुरक्षाको लागि गोर्खाहरुलाई खटाइने भएको छ । 

 

सिंगापुरमा यहि जुन महिनाको अन्त्यतिर हुने यो बहुप्रतिक्षित वार्तास्थलमा सिङापुर पुलिसमा कार्यरत गोर्खाहरु खटिने भएका हुन । 

 

सिंगापुरको सुरक्षा निकायसम्बद्ध विश्वसनीय स्रोतलाई उद्दृत गर्दै रोयटर्सले यो समाचार प्रकाशित गरेको छ । 

 

वार्तास्थलमा राष्ट्रपति ट्रम्प र नेता किमका नीजी सुरक्षाकर्मीहरुको आ आफ्नै टोली पनि तैनाथ हुनेछन । 

 

त्यसबाहेक वार्तास्थलको सुरक्षाका लागि गोर्खाहरु सहित सिंगापुर पुलिसको विशेष बल परिचालन गरिनेछ ।

 

गोर्खाहरु सम्मिलित सिंगापुर पुलिसको टीम वार्तास्थलको साथसाथै स्थानीय सडक, होटेल लगायतको सुरक्षामा खटिनेछ । 

 

यसअघि सिंगापुरमा गोर्खाहरुको उपस्थिति सामान्यत: 'लो प्रोफाइल' मै रहने गरेको थियो । तर हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी रक्षा मन्त्री जिम माटिस लगायतका भिआइपी हरु सहभागी एक सुरक्षा बैठकको सुरक्षामा खटिएपछी सिङापुर पुलिसका गोर्खाहरुले विश्वको ध्यान खिच्न सफल भएका थिए  । उक्त बैठक रास्ट्रपती ट्रम्प र नेता किमबीचकै वार्ताको तयारीको लागि बसेको ठानिएको छ । 

भारतीय प्रम मोदी , अमेरिकी  रक्षा मंत्री माटिस लगायत सहभागी भिआइपी बैठकको सुरक्षामा तैनाथ गोर्खाहरु  ( तस्बिर: रोयटर्स)

 

सिंगापुरका सुरक्षा मामिलाका एक विशेषज्ञ टिम हक्सलीले  रास्ट्रपति ट्रम्प र नेता किमबीच हुने यो ऐतिहासिक वार्ताको सुरक्षामा परिचालन  हुनको लागि गोर्खाहरु नै सबैभन्दा उत्तम पात्र हुने बताएका छन । 

 

अहिले सिंगापुर पुलिसमा सर्भिङ गोर्खाहरुको सन्ख्या  १८ सय छ । 


थप समाचार

राष्ट्रपति भण्डारीको दबाब: एकेडेमी हटाएर हेलिप्याड

  • 3 minutes ago
राष्ट्रपति भण्डारीको दबाब: एकेडेमी हटाएर हेलिप्याड

काठमाडौँ– राष्ट्रपति भण्डारीको दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ ।

सरकार पनि कमजोर, प्रतिपक्ष झनै कमजोर

  • 5 minutes ago
सरकार पनि कमजोर, प्रतिपक्ष झनै कमजोर

काठमाडौँ– नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षि । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने

  • 7 minutes ago
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने

जनकपुर– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।