Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनबिल बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

नबिल बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड


काठमाडौँ। नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ।

एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो। १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताको रूपमा छनोटमा परेको थियो।

बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। यो अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप उर्जा दिएको उनले बताए।

एन बैंक, बैंकमा ग्राहकको उपस्थिति विनानै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैंकिङ प्लेटफर्म हो। ग्राहकहरूलाई कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एन बैंकको सहयोगमा सेवा लिन सकिन्छ।

यो अवार्डसँगै बैंकले नेपाली बैंकिङ क्षेत्रमा पुनः एक अगुवा सावित भएको बैंकको बुझाइ छ। यस अवार्ड प्राप्तिले थप सृजनशील डिजिटल सेवा दिने संकल्पलाई उत्साहित गरेको बैंकले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT