Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक


काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले अफरको घोषणा गरेको हो। उक्त कार्यक्रममा हास्य कलाकारका साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने छन्।

कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ। यस्तै यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले स्पष्ट गरेको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT