Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKऋषि सुनकको प्रधानमन्त्री पद संकटमा, सुएला ब्रेभरम्यानलाई मन्त्रिपरिषद्बाट हटाएपछि चौतर्फी आलोचना

ऋषि सुनकको प्रधानमन्त्री पद संकटमा, सुएला ब्रेभरम्यानलाई मन्त्रिपरिषद्बाट हटाएपछि चौतर्फी आलोचना


लण्डन । बेलायती राजनीतिमा यतिबेला भूकम्प आएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सुएला ब्रेभरम्यानलाई आफ्नो मन्त्रिपरिषद्बाट हटाएका छन् ।

यति मात्र होइन, पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनलाई मन्त्रिपरिषद्मा समावेश गरिएको छ ।

ऋषि सुनक यस्ता निर्णयका कारण चर्चामा छन् ।

पहिला ब्रेभरम्यानलाई पदबाट हटाउन दबाब आएको थियो । हाल उनलाई हटाइए पनि उनी आलोचनाको शिकार बनेका छन् । त्यति मात्र होइन, अहिले उनको कुर्सी पनि संकटमा परेको देखिन्छ ।

किनभने ऋषि सुनककै पार्टीका सांसदले नै उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् ।

मिडिया रिपोर्टका अनुसार कन्जरभेटिभ पार्टीका सांसद एन्ड्रिया जेनकिन्सले १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्राडीलाई पत्र लेखेका छन् ।

उक्त पत्रमा बेलायती सांसदले ऋषि सुनकलाई प्रधानमन्त्री पदबाट हटाउन माग गर्दै उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

यो पत्रमा एन्ड्रिया जेनकिन्सले लेखेकी छिन्, हाम्रो पार्टीको नेता स्वयम् पार्टीका नेताहरूले नै अस्वीकार गरेका व्यक्ति हुन् र जनताले पनि उनलाई अस्वीकार गरेको चुनावी नतिजाबाट स्पष्ट हुन्छ । अब ऋषि सुनक जाने पालो आयो ।

प्रजातान्त्रिक रूपमा निर्वाचित बोरिस जोनसनलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नेहरूमध्ये उनी एक थिए। बोरिसले ब्रेक्सिट गराउनमा महत्वपूर्ण भूमिका खेलेका थिए र पार्टीलाई ठूलो बहुमतका साथ सत्तामा ल्याउने उनले भुमिका खेलेका थिए ।

अब सुएला ब्रेभरम्यानलाई पदबाट हटाएर ऋषि सुनकले हद पार गरेको भन्दै आलोचना भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT