भूकम्पको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

इन्डोनेसिया । इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ ।

 

त्यस भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पनि ५ हजार व्यक्ति बेपत्ता रहेका अनुमान गरिएको छ । हजारौँको सङ्ख्यामा व्यक्ति बेपत्ता रहेका भए पनि खोजी र उद्धार कार्य भने बिहीबारबाट बन्द गरिने भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

 

गत सेप्टेम्बर २८ तारिखमा इन्डोनेसियाको पालु शहरमा ७।५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी यसअघि नै सार्वजनिक भएको छ । 

 

यस भूकम्पसँग सम्बन्धित सम्पूर्ण उद्धारकार्य बिहीबार अपराह्नबाट अन्त्य गरिने खोजी र उद्धार कारबाही (एसएआर) का निर्देशक बाम्बाङ सुर्योले एएफपी समाचार समितिलाई बताउनु भएको छ । 

 

पालु शहरमा २ लाख व्यक्तिलाई पिउने पानी र औषधी उपचारलगायतका मानवीय सहयोगको आवश्यतासम्बन्धी सामग्रीहरु उपलब्ध गराइएको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । 

 

उक्त शहरका करिब ८० हजार व्यक्ति यस शक्तिशाली भूकम्पपछि विस्थापित भएका छन् । आफ्नो घर ध्वस्त भएका कारण हजाराँैको सङ्ख्यामा निर्माण गरिएका अस्थायी शिवीरमा उनीहरु बसेका छन् । 

 

 


थप समाचार

पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

  • 8 minutes ago
पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सान

कालो चिया पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदा !

  • 15 minutes ago
कालो चिया पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदा !

काठमाडौं । हामी अधिकांशले चिया भन्नेबित्तिकै दूधलाई छुटाउन नहुने सम्झन्छौं । साथै हामीले स्वादका कारण पनि कमैले मात्र कालो चियाको प्रयोग गर्ने गछौं । तर, दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हान

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 37 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।