Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदयाहाङलाई ‘घर ज्वाईं’ बसाल्दै अनिल र जनक

दयाहाङलाई ‘घर ज्वाईं’ बसाल्दै अनिल र जनक


काठमाडौँ। चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरि एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन्। उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन्।

‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ। मगर सांस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’को निर्माता जनक घर्ती मगर हुन्। माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ, राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ।

‘घर ज्वाईं’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो। पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन्।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन्। फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा बितरण गर्ने पक्का भइसकेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT