IIMS College

ISMT

HUB Education

इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी, मतदाता निराश

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इजरायलमा मुख्य दलहरुबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक बर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ ।

 

गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनीका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उनीहरु दुबैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको हो । 

 

पटकपटकको चुनावबाट थकित भइसकेका इजरायलीहरूले आगामी मार्च २ मा हुन लागेको आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन् । राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ । 

 

तर अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्दैछ । इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहेका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको छ । 

 

गत नोभेम्बरमा उहाँमाथिका प्रमाणहरु सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा उहाँमाथि घूसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ । 

 

प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोपहरु झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन् । उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ । 

नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट शुरु हुँदैछ । 

 

– ट्रम्पको सहयोग –

 

पछिल्लो चुनावदेखि नै नेतान्याहुलाई सहज हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने आफ्नो विवादास्पद योजना सार्वजनिक गरेका छन् । तर प्यालेस्टानीहरुले इजरायली उद्देश्यहरूको पक्षपोषण गरेको भन्दै ट्रम्पको योजनालाई अस्वीकार गरिसकेका छन् ।

 

गत महिना यो पहलको घोषणा गर्नुअघि ह्वाइट हाउसमा ट्रम्पको छेउमै उभिएका नेतान्याहुले यसलाई यहूदी राज्यको लागि “ऐतिहासिक” अवसर भन्दै स्वागत गरेका थिए । 

 

उनले यस सम्झौतालाई ट्रम्पसँगको आफ्नो व्यक्तिगत घनिष्ट सम्बन्धको परिणामको रूपमा चित्रित गरेका छन् ।  अमेरिकी योजनाको कार्यान्वयन आफू पुनः प्रधानमन्त्री चयन भएमा मात्र कार्यान्वयन गर्न सकिने नेतान्याहुको धारणा छ । 

 

तर नेतान्याहुमाथिको फौजदारी अभियोग वा इजरायल समर्थक ट्रम्पको पहलले चुनावलाई प्रभाव पार्न सकेको छैन ।

 

पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लू एन्ड ह्वाइट पार्टी दुबैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन् । इजरायली संसद नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्दछ । 

 

जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक गिदोन राहातले प्रधानमन्त्री नेतान्याहुका लागि चुनावमा यथास्थितिको अवस्था निकै खुशीको समाचार हुन सक्ने बताए । 

 

राहातले भने, “नेतान्याहुले मतदातालाई आकर्षित गर्न चाहनु भएको छैन, तर आफ्ना मतसंख्या नघटोस् भन्नेमा मात्र उहाँको ध्यान छ ।”

 

इजरायलका पूर्व सैन्य प्रमुख गान्जले कानुनी झमेलाका कारण नेतान्याहुले मुलुकलाई राम्रोसँग सम्हाल्न नसक्ने बताए । 

 

“नेतान्याहुलाई अदालतमा उपस्थित हुनु पर्नेछ । उनी इजरायली नागरिकको आवश्यकताको हेरविचार गर्न अक्षम हुनु हुनेछ,” गान्जले यसै साता एक कार्यक्रममा भने । 

 

यसैबीच, इजरायली सरकारी वकीलहरूले गान्जको अध्यक्षतामा रहेको एक साइबर सुरक्षा फर्मले गलत ढङ्गबाट सरकारी कोष प्राप्त गरे नगरेको बारे अनुसन्धान गरिरहेको छ । 

 

तर महान्यायाधिवक्ताले गान्जमाथि व्यक्तिगत रुपमा अनुसन्धान नगरिएको जनाएका छन् ।

 

– अन्तिम क्षणका आरोप प्रत्यारोप –

 

नेतान्याहुले विगतका चुनावी नाराझैं अन्तिम समयमा आफूलाई महान राष्ट्रवादी, दक्षिणपन्थी समर्थकका रुपमा उभ्याउने सङ्केत फेरि पनि देखिइ सकेको छ । 

 

शुक्रबार जेरूसेलम पोस्टसँगको अन्तर्वार्तामा उनले गान्जले मुख्य रूपमा अरब ज्वाइन्ट लिस्ट र यसका नेता अहमद टिबीको समर्थन बेगर सरकार गठन गर्न नसक्ने पुनः चेतावनी दिएका छन् । 

गत चुनावमा नाटकीय रुपमा अरब ज्वाइन्ट लिस्टले १३ स्थानमा विजयी भएर संसदको तेस्रो ठूलो दल बनेको थियो । 

 

“लिकुडले नजितेको अवस्थामा या त चौथो पटक आमचुनाव हुनेछ वा गान्जको नेतृत्वमा वामपन्थी सरकार बन्नेछ जसमा अहमद टिबी र अरब ज्वाइन्ट लिस्टमा परनिर्भर हुनु पर्नेछ,” नेतान्याहुले बताए । 

 

प्रधानमन्त्री नेतान्याहुले यसै हप्ता पनि हजारौं नयाँ यहुदीका लागि आवास बनाउने घोषणा गर्नु भएको छ । यो आवास योजना अन्तर्राष्ट्रिय समुदायले अवैध मान्ने गरेको पूर्वी जेरुसेलममा सञ्चालन हुनेछ । 

 

प्यालेस्टानी नेताहरूले चुनावमा प्रभाव पार्न नेतान्याहुको यो चाल हो भन्दै भत्र्सना गरेका छन् । दुबै मुख्य दलहरु चुनावमा कम मतदान नहोस् भन्ने पक्षमा छन् । 

 

“संसारको अन्त जहाँसुकै होस् एकै वर्ष छिटोछिटो तीनवटा चुनाव हुँदा मतदातामा नैराश्यता छाउनु स्वाभाविक हो,” राहातले भने । 

 

तर अप्रिलको तुलनामा सेप्टेम्बरमा मतदान केही बढेको थियो । 

 

“त इजरायलमा तपाईंले केही अनुमान लगाउन सक्नु हुन्न,” राहातले बताए ।


थप समाचार

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 8 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 19 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

  • 22 minutes ago
कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।