इजरायल जसले मरभुमीलाई उर्भरभुमी बनायो, यसरी ल्यायो कृषि क्षेत्रमा क्रान्ति

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् । 

 

यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ । यो देशको जनसंख्या ९० लाखको हाराहारीमा रहेको छ । भौगोलिक हिसाबले सानो भएपनि यो देश निकै शक्तिशाली रहेको छ ।

 

डेढसय करोड जनसंख्या भएका मुस्लिम राष्ट्रहरु पनि इजरायलसँग डराउने गर्छन् । इजरायलको समृद्धिको कुरा गर्दा यो देशले कृषि क्षेत्रमा ल्याएको क्रान्ति पनि हो । यसले कृषि क्षेत्रमा ल्याएको क्रान्तिले विश्वमा नयाँ परिचय समेत बनाउन सफल भयो । मरभुमि जस्तो क्षेत्रलाई उर्भर भुमिमा परिणत गर्दै यो देशले कृषिमा नयाँ क्रान्ति नै ल्याइदियो । 

 

मरुभूमिका कारण खाद्य तथा जलसुरक्षा अहं सवालहरू थिए । सन् १९४८ को स्वतन्त्रतापश्चात् कृषिक्षेत्रमा कायापलट सुरुआत भयो । कृषिक्षेत्रलाई यान्त्रीकरण गरियो । उन्नत मल, बीउ र प्रविधि उपयोग गरियो । रासायनिक मलको प्रयोगले व्यापकता पायो । भूमिको वैज्ञानिक व्यवस्थापन भयो । सिँचाइका लागि अनेक विकल्पहरू पहिल्याइए ।

 

कृषिक्षेत्रको सबलीकरणले उत्पादनमूलक र सेवाक्षेत्रसमेत सबल बन्न पुग्यो । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान सन् १९९७ ताका ६ प्रतिशत रहेकोमा सन् २०१५ मा २ दशमलव ५ प्रतिशतमा झ¥यो । थोरै श्रमशक्तिले कृषिक्षेत्रलाई हाँक्न सक्यो ।

इजरायलको कृषि वास्तवमै अनुकरण गर्न लायक छ । कृषिक्षेत्रमा अनेक टर्न की प्रोजेक्टहरू अगाडि सारिएका छन् । तरकारी उत्पादनका लागि टनेलहरू निर्माण गरिएका छन । 

 

टमाटरको सानो उदाहरण लिने हो भने हरितगृहमा प्रतिहेक्टर ३ सय टन टमाटर वर्षमा ४ पटक उत्पादन भइरहेको छ । पशुपालनका लागि अत्याधुनिक फार्म र वैज्ञानिक प्रविधि अपनाइएको छ ।

सन् १९५० यता डेरी उत्पादन अढाइ गुणाले वृद्धि भएको छ । प्रतिगाई वार्षिक ३ हजार ९ यस लिटर दूध उत्पादन हुने गरेकोमा हाल १२ हजार ५ सय लिटर पुगेको छ । 

 

डेरी फार्मलाई दिगो र प्रदूषणरहित बनाइएको छ । पोल्ट्री फार्मकै कुरा गर्ने हो भने अन्डा संकलनका लागि मेसिनको प्रयोग भइरहेको छ ।

 

दाना, ताप, प्रकाश, आद्रता, कायम व्यवस्थापन गर्न सोफ्टिकेटेड प्रविधि अवलम्बन गरिएको छ । खुला समुद्र र मानवनिर्मित तलाउमा वैज्ञानिक ढंगबाट मत्स्यपालन गरिएको छ ।

इजरायल कृषिक्षेत्रको मोडल मुलुक हो । वर्षेनी १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कृषि तथा कृषिजन्य उत्पादन विश्वभर निर्यात भइरहेको छ । नेपाल प्राकृतिकरूपमा उर्वर भूमि हो भने इजरायल मेहनत, प्रयास र लगनद्वारा उर्वर बनाइएको हो ।

 

 इजरायली २ प्रतिशत जनसंख्याले बाँकी ९८ प्रतिशत जनसंख्या पालेका मात्र छैनन्, कृषिउपज विश्वभर निर्यात गर्न सक्षम छन् । जबकि नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिक्षेत्रमा भइकन पनि वार्षिक १ खर्ब अधिकको कृषिजन्य पदार्थ आयात भइरहेको छ । 

 

इजरायलमा भूमिलाई चक्लाबन्दी गरिएको छ । तर, प्लटिङका कारण हम्रो कृषिभूमि घट्दो छ । इजरायलमा कृषि पेसालाई सम्मान गरिन्छ भने नेपालमा यो पेसा हेयपूर्ण छ । त्यसैले नेपालको कृषिक्षेत्र दारुण बनेको हो ।

यी सफलताका पछाडि निश्चित कारक तत्वहरू छन् । कृषिक्षेत्रलाई नीति–नियममा बाँध्नु, सामूहिकता र सहकारीको सिद्धान्त अवलम्बन गर्नु, कृषिक्षेत्रको खोज–अनुसन्धानलाई चुस्त बनाउनु, भूमि चक्लाबन्दी गर्नु, लिजमा लिई कृषि उत्पादन गर्नु, उन्नत बीउको प्रयोग गर्नु, पानी प्रशोधन गरी उपयोगमा ल्याउनु, माटोको क्षमता ह्रास हुन नदिनु, परम्परागत कृषि बालीको संरक्षण गर्नु, कृषिक्षेत्रमा वित्तीय उत्प्रेरणा उपलब्ध गराउनु, कृषिक्षेत्रलाई यान्त्रीकरण गर्नु, कृषिक्षेत्रको पूर्वाधार विकासमा अनुदान उपलब्ध गराउनु आदि कृषिक्षेत्रको सफलताको चुरो हो ।

 

हाम्रो सन्दर्भमा सिँचाइ, यान्त्रीकरण, कृषिफार्म, भ्यालु एडिसन, सहकारी खेती, अर्गानिक खेती, चक्लाबन्दी टड्कारा सवालहरू हुन् । 

 

यहाँको वाग्मतीको पानी प्रशोधन गरी बहुआयमिक उपयोग गर्न सक्नुपर्छ । तराईमा नहरका साथै डिप इरिगेसनलमार्फत सिँचाइ गराउनुपर्छ । कृषि कर्म मानिसले होइन प्रविधिद्वारा गराइनुपर्छ । लाखौँको सवारीसाधन भित्र्याउन सक्नेले १२ लाख पर्ने रोपाइँ गर्ने यन्त्र भित्र्याउन लर्खराउनु हुँदैन ।

०७३÷७४ को बजेटमा बल्क, जोन, सुपर जोनको अवधारणा अगाडि सारिएको छ । त्यो आफैँमा सुन्दर अवधारणा हो । तर, उक्त अवधारणा कागजी वस्तु बन्नु हुँदैन । अहिलेसम्म कृषिजन्य कोरा वस्तु मात्र निर्यात गरिएको छ ।

 

कोरा वस्तु निर्यात गर्नुको अलावा भ्यालु एडिसन गर्दा अधिक लाभ हुन्छ । यसका निमित्त एग्रो प्रोसेसिङ उद्योग प्रवद्र्धन गर्नुपर्छ । सामूहिक तथा सहकारी कृषि प्रणाली प्रयोगमा ल्याउन सकिएको छैन । यसका निमित्त राज्यले आकर्षक कार्यक्रम अगाडि सार्नुपर्छ । 

 

कृषिभूमि एकीकरण, चक्ला बन्दी, कृषिभूमिको वर्गीकरण ठोसरूपमा हुन सकेको छैन । प्लटिङ गरी कृषिभूमि नष्ट गर्ने हर्कत यथाशीघ्र रोक्नुपर्छ । 

 

उन्नत बीउको प्रयोगले १५–२० प्रतिशत उत्पादन वृद्धि हुने विज्ञहरूको ठम्याइ छ । तर, अहिले पनि ग्रामीण इलाकामा रैथाने बीउ प्रयोग भइरहेको छ । यसर्थ हाइब्रिड बीउको प्रयोगलाई अभियानको रूपमा अगाडि बढाउनुपर्छ ।

 

नेपालमा पछिल्लो समय इजरायलबाट फर्किएका युवाहरुले नयाँ तरिकाले कृषि खेती गर्न थालेका छन् । नयाँ पद्धतिका कारण गरिएकोले आम्दानी पनि राम्रो हुने उनीहरुको भनाइ रहेको छ । वैज्ञानिक तरिका अपनाइ नयाँ प्रविधिसँग खेली उनीहरुले गरेको खेतीका कारण नेपालमा नै रहेका अन्य कृषकहरुले नयाँ कुराहरु सिक्न पाउने वातावरण  समेत बनेको छ ।


थप समाचार

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 5 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।

अदुवा खाँदा यस्तो फाइदा !

  • 13 minutes ago
अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

क्लाउडियो रानीयरी फुलहामको प्रशिक्षकमा नियुक्त

  • 20 minutes ago
क्लाउडियो रानीयरी फुलहामको प्रशिक्षकमा नियुक्त

काठमाडौं । लेस्टर सिटीले बर्खास्त गरेका प्रशिक्षक क्लाउडियो रानीयरीलाई प्रिमियर लिगको क्लब फुलहामले नियुक्त गरेको छ । प्रशिक्षक स्लाभिसा जोकानाभिचको फुलहामले लगातार खराब नतिजा निकालेपछि उनलाई



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।