बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

  • शुक्रबार, ३० कार्तिक, २०७५
  • 2 months ago
  • नेपाल

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई ९नाम परिवर्तन० र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

 

घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिइएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रुखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, पेन्टी च्यातिएको घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ।

 

घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको पनि प्रहरी उपरीक्षक राईले बताए।


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 55 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।