Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअमेरिकाको १२ सहरमा अस्मिता र हर्कुलसले प्रस्तुति दिँदै

अमेरिकाको १२ सहरमा अस्मिता र हर्कुलसले प्रस्तुति दिँदै


काठमाडौँ। गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले अमेरिकामा साङ्गीतिक यात्रा गर्ने भएका छन्। नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो।

ड्यालस, एक्रोन ओहायो, बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा हर्कुलस र अस्मिताले दर्शक नचाउने भएका हुन्। अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ।

लीभ एट प्रीजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने फर्स्ट यु.एस.ए म्युजिकल यात्रा राखिएको छ। कार्यक्रममा फुजोन इन्टरनेशनल, कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ। कार्यक्रमको लागी आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन्। अमेरिकामा रहेका नेपाली दाजु भाइ र दिदी बहिनीसँग यस पटकको दसैँ सङ्गीतमय रहने भएकाले पनि आफूहरू एकदमै उत्साहित रहेको उनीहरूको भनाइ छ।

हर्कुलसका के यो माया हो, माया संसार, हिजो भन्दा आज लगायतका गीतहरू चर्चित छन्। यसै गरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन्। युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले चलचित्र पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छिन्। उनको पछिल्लो गीतहरू परेली झिम झिम भो, काले केटाले चर्चित छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT