Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबलिउडका यस्ता कलाकारहरु जसको भाग्य ‘गेस्ट अपिरेन्स’ का कारण चम्किएको थियो

बलिउडका यस्ता कलाकारहरु जसको भाग्य ‘गेस्ट अपिरेन्स’ का कारण चम्किएको थियो


एजेन्सी । फिल्ममा पाउने एउटा सानो भुमिकाले धेरैको मन जित्न सफल भइन्छ । बलिउडमा कतिपय यस्ता प्रख्यात कलाकारहरु रहेका छन् जसले ‘गेस्ट अपिरेन्स’का भरमै चर्चा बटुले र आफ्नो भाग्य समेत बदल्न सफल भए ।

धेरै कलाकारहरु अब ‘गेस्ट अपिरेन्स’ को भुमिका गर्न समेत हिचकिचाउँदैनन् । एउटा सानो भुमिका कारण नयाँ परिचय बनाउने कलाकारहरुले आफ्नो जीवनमा यति ठुलो सफलता पाइएला भनेर नसोचेको समेत बताउँछन् । बलिउडमा केही यस्ता कलाकारहरु छन् जसको भाग्य ‘गेस्ट अपिरेन्स’ बाट चम्किएको थियो ।

१. सलमान खान

बलिउड दबंग नायक सलमान खानले पनि ‘गेस्ट अपिरेन्स’ भुमिकाबाट आएका हुन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । उनले पहिलो पटक डेब्यु गरेको फिल्म ‘बीबी हो तो ऐसी’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । यसपछि भने सलमान खानको भाग्य चम्कियो । यस फिल्म लगत्तै उनले फिल्म ‘मेने प्यार किया’ गरे । उक्त फिल्म सुपरहिट भएको थियो ।

२. नवाजुद्धिन सिद्धीकी

नवाजुद्धिन सिद्धीकीले आफ्नो बलिउड करिअर ‘गेस्ट अपिरेन्स’ बाट गरेका थिए । सायद कमैलाई थाहा छ होला उनले आमिर खानको मुख्य भुमिका रहेको फिल्म ‘सरफोरोश’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । उक्त फिल्ममा उनले १ मिनेटको ‘गेस्ट अपिरेन्स’ भुमिका गरेका थिए । त्यसपछि उनको भाग्य विस्तारै चम्कियो । हाल उनको बलिउडमा क्रेज निकै ठुलो रहेको छ ।

३. विक्की कौशल

यी अभिनेताले आफ्नो फिल्मको करिअर फिल्म बम्बे भेल्भेटमा ‘गेस्ट अपिरेन्स’ को भुमिकाबाट सूरु गरेका थिए । त्यसपछि उनले गरेको फिल्म ‘मसान’ ले ठुलो चर्चा तथा सफलता पायो । उनको मुख्य भुमिका रहेको यस फिल्मले महत्वपुर्ण अवार्डहरु समेत जित्न सफल भयो ।

४. बिक्रान्त मेसी

टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका बिक्रान्तले सन् २०१३ मा आएको फिल्म ‘लुटेरा’ बाट फिल्मी करिअर सूरु गरेका थिए । उनले उक्त फिल्ममा सपोर्टिङ रोल गरेका थिए । आज उनी बलिउडमा व्यस्त अभिनेताका रुपमा परिचीत छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT