Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालगैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।

स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ ।

एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट यही असोज ३० गते बिहान हुने तय भएको छ । सोही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए । सोही अवधिमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुने तय भएको छ । कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । मतदानपछि समापन समारोह कात्तिक ३ गते साँझ प्रधानमन्त्रीले गर्नेछन् ।

एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ । मतदान गर्न ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरिने भएको छ । मतदान हुनु २४ घण्टाअघि सबै मतदातालाई यो एपको लिङ्क पठाइने छ । लिङ्क खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मात्र मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

महाधिवेशनको तयारीका लागि यसअघि ५९ राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन सम्पन्न भइसकेको थियो । उक्त निर्वाचनबाट महाधिवेशनका लागि जम्मा चार हजार दुई सय २७ अन्तर्राष्ट्रिय प्रतिनिधि निर्वाचित भइसकेका छन् । अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु पर्दैन तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्ने छ । नेपाल आउने उम्मेदवार तथा अन्य मतदाताका लागि महाधिवेशनस्थलको निश्चित स्थानमा राखिएका कम्प्युटरमार्फत मतदान गर्ने व्यवस्था गरिएको उनले बताए । उम्मेदवार र अन्य मतदाता गरी एक हजार पाँच सय हाराहारीले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान गरिएको छ ।

सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनमा हालसम्म उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष भइसकेका छन् । एनआरएनको दसौँ महाधिवेशनको निर्वाचनमा विवाद भएपछि तीनजना अध्यक्ष रहने गरी सहमति गरिएको थियो । हालको समितिमा तीन अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीले छ–छ महिना कार्यकारी अध्यक्ष हुने गरी सहमति गरेका थिए ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा
एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एनआरएनए सचिवालयले महाधिवेशनको तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, कार्यक्रमस्थल र निर्वाचनतालिका सार्वजनिक गर्ने, निमन्त्रणा, मतदातालाई बास बस्नेलगायत तयारी गरिसकेको सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।

महाधिवशेनका लागि अधिवक्ता यादव ढुङ्गानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । बिहीबारदेखि उम्मेदवार दर्ता गर्न समय तोकिएको र उम्मेदवारी अनलाइनबाट पनि दिन मिल्ने व्यवस्था गरिएको उनले बताइन् । एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ । उम्मेदवारी दिने अवधि असोज २७ गतेसम्म तोकिएको छ । असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ ।

महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् । सन् २००३ अगष्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोवरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो । गैरआवासीय नेपाली सङ्घ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

नेपालीका लागि नेपाली भन्ने मूलमन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गरेको यस संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । सार्क राष्ट्रबाहेकका अन्य देशमा राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी अन्तर्राष्ट्रियस्तरमा नै स्थापित, सङ्गठित र परिचालित हुनसक्ने नेपाली मूलको गैरसरकारी अन्तर्राष्ट्रिय सञ्जालको रूपमा आपूmलाई विकसित गर्नसक्नु यस संस्थाको उपलब्धि हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT