काश्मिर सङ्कटबारे फ्रान्सका राष्ट्रपतिले के भने ?

फ्रान्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन् । 

 

ठूला सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा सहभागी हुन फ्रान्स पुगेका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गरेका हुन् ।

 

दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय एवं विश्वका जल्दाबल्दा विषयमा पनि विचारविमर्श भएको थियो ।

 

जी७ को बैठक फ्रान्सको बियारिजमा यसै सप्ताहान्तमा बस्दैछ । भारतीय प्रधानमन्त्री मोदी उक्त बैठकमा विशेष आमन्त्रित छन् । जी७ का सदस्य मुलुकमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली रहेका छन् । 

 

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बिहीबार नै बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र ग्रीसका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । 

 

भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा राष्ट्रपति म्याँक्रोले भारत र पाकिस्तानबीच रहेका मतभेद द्विपक्षीय रुपमा सुल्झाउन तथा थप गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए ।

 

गत अगस्ट ५ मा मोदीले मुस्लिम बहुल काश्मिरले प्राप्त गरिरहेको विशेष दर्जा समाप्त गर्नुका साथै दशौं हजार थप सुरक्षाकर्मी काश्मिरमा पठाएका थिए । प्रधानमन्त्री मोदीले भने आफ्नो वक्तव्यमा काश्मिरका विषयमा केही उल्लेख गरेका थिएनन् ।


थप समाचार

हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

  • 17 minutes ago
हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस

प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

  • 28 minutes ago
प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

धनुषा । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भ

नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

  • 32 minutes ago
नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।