गृहपृष्ठ ∕ खेल ∕ नेपाल सुपर लिग फुटबलमा धनगढी विजयीनेपाल सुपर लिग फुटबलमा धनगढी विजयी नेपालीपत्र शुक्रबार, २०८० मंसीर १५ गते, ०५:२१ मा प्रकाशित खेल काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भएको हो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन् ।यो नतिजासँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ । समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो । त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो ।लिगअन्तर्गत आज शुक्रबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङधेरै पढिएका खबर १ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal