शिकारीहरूको आक्रमणमा परी ३२ जनाको मृत्यु

मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । 

 

घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ । 

 

मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाँउमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेको जनाएको छ । 

 

उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपात पूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन्, स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भने । उनले घटनामा परी अरु दश जना बेपत्ता भएको पनि जानकारी दिए। 

 

मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् । 

 

फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ । 


थप समाचार

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

  • 12 minutes ago
सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बा

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 42 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 55 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।