शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् । पुर्व किम जोङ–इलका छोरा किमले उत्तर कोरियाको निरङ्कुश व्यवस्थालाई अगाडि बढाइ नै रहेका छन् । आणविक हतियारको परिक्षण बाहेक अन्य कुराले पनि चर्चामा आउने किमका रोचक कुराहरु यस्ता रहेका छन् । 

 

१. किम जोङले स्कुलको शिक्षा स्विजरल्याण्डबाट लिएका हुन् । निकै गोप्य रुपमा रहेर उनले स्कुलको शिक्षा लिएका थिए । उनलाई स्कुलमा ‘पाक–उन’ को नामले चिनिन्थ्यो । उनलाई पढाईमा कुनै पनि रुची थिएन । उनी पढाइमा जिरो थिए । उनले कुनै पनि परिक्षामा उत्तिर्ण हुन सकेनन् । उनलाई बास्केटबल खेल्नमा रुची थियो । कम्प्युटर खेलमा पनि उनको उत्तिकै रुची रहेको थियो । तर, राजनैतिक अवस्था बिग्रिएपछि किमका पिताले इन्टरनेशनल स्कुल अफ बर्नेबाट निकालेर देशकै स्टेट स्कुलमा ल्याएर पढाएका थिए । 

 

२. किम २७ वर्षको हुदाँ उनले प्लाष्टिक सर्जरी गरेर हजुरबुबा किम द्धितिय सङको जस्तो अनुहार बनाउने प्रयास गरेका थिए । अरु शासक जवान हुन प्लाष्टिक सर्जरी गर्छन् तर, उनको मामिलामा यो उल्टो साबित भयो । 

 

३. उनी २९ वर्षको छदाँ ‘द अनिअन न्युजपेपर’ ले ‘सेक्सिएस्ट म्यान अलाइभ अफ २०१२’ भनेर घोषणा गरेको थियो । 

 

४. धेरैले किम विश्वकै कान्छो उमेर भएको शासक बताउने गर्छन् । तर, हालसम्म उनको उमेर कति हो भनेर थाहा हुन सकेको छैन ।

 

५. स्वीजरल्याण्डमा छदाँ स्वीस चीजको पारखी बनेका किमले बार्षिक लाखौ पाउण्ड स्वीस चीजमा किन्नमा खर्च गर्थे । तौल बढाएर हजुरबा जस्तो बन्न उनले यसो गरेको धेरैले बताउने गर्छन् । 

 

६. जब किमको पिताको देहावसन भयो तब नरुने मानिसहरुलाई कोइला खानीमा ६ महिनासम्म काम गर्न पठाइएको थियो । रोएको देखाउन पनि मानिसहरु ठुलो ठुलो आवाज निकालेर राएको बताइएको थियो । केही सम्हालिन नसकिने गरी समेत रोएका थिए । नरुनेहरुलाई जेल सजाय वा अन्य शारिरीक सजाय दिने काम गरिएको थियो । 

 

७. मिनिस्ट्री अफ द पिपुल आर्म फोर्सका असिसटेन्ट चिफले किम जोङका पिताको निधन पश्चात किमलाई  रक्सी खाएर भेट्न आएपछि उनलाई मोर्टरद्धारा कारबाही गरिएको थियो । 

 

८. किमले आफ्नै काकालाई फाँसीको सजाय दिएका थिए । काकालाई फाँसी दिएको केही दिनपछि काकीलाई पनि फाँसीको सजाय दिएका थिए । 

 

शासन सत्ताबाट हटाउन आफ्नै काकाले षडयन्त्र गरेको आरोप किमले लगाएका थिए । बाटोमा निर्वस्त्र हिड्न लगाएर काकाको पछाडि कुकुर छोडिएको थियो । कुकुरले टोकाए पश्चात उनलाई फाँसीको सजाय दिइएको थियो । आफ्नो पतिलाई क्रुर सजाय दिएपछि रिसले चुर भएकी काकीलाई पनि फाँसीको सजाय दिने काम किमले गरेका थिए । उनले काकीलाई विष सेवन गर्न लगाएर सजाय दिएका थिए । उनले पिडा सहन नसकी आत्महत्या गरेको समेत बताइन्छ । उनको मृत्यु हुनुको यकिन तथ्य हालसम्म बाहिर आउन सकेको छैन ।

 

९. किम चार–तारे जनरल हुन् । तर, अचम्म के छ भने उनले कुनै पनि मिलिटरी तालिम लिएका छैनन् । 

 

१०. किमको हेयरस्टाइल उत्तर कोरियामा निकै पपुलर हेयर स्टाइलमा पर्छ । किमले देशका पुरुषहरुलाई समेत आफ्नो जसरी कपाल काट्न आदेश दिएका थिए । उनको यस हेयर स्टाइललाई ‘एम्बिसियस’ को नाम दिइएको छ । 

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 18 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 55 minutes ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।