कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

फाइल फाेटाे

चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन ।

 

अमेरिकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । 

 

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ शैय्याको  छ ।

 

 शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानका अनुसार अपाङ्गमैत्री सुविधा सम्पन्न सेन्टरमा सख्त, मध्यम र सामान्य घाइतेलाई राखेर उपचार गर्ने छट्टै कक्ष, घाइतेको सामान्य शल्यक्रिया गर्ने कक्ष, ‘ड्रेसिङ्ग’ कक्ष, औषधि पसल र शौचालय छन् । 

 

सेन्टरमा उपचारमा आवश्यक पर्ने उपकरण र नियमित सञ्चालन गर्ने खर्च प्राप्त भएमा सशस्त्रका चिकित्सक टोलीले सञ्चालन गर्नसक्ने बताउँदै उहाँले भवन र जनशक्ति भएर पनि यो सेन्टर सञ्चालन गर्न सकिएको छैन । 

 

वरिष्ठ उपरीक्षक प्रधानले सेन्टर सञ्चालनमा ल्याउन सके दुर्घटनाका घाइतेका साथै स्थानीयवासी पनि लाभान्वित हुने बताए । 

 

विगत वर्षका तथ्याङ्कअनुसार सो क्षेत्रको सडकखण्डमा हरेक महीना दुई वटा ठूला दुर्घटनाका साथै दिनहुँ जसो साना दुर्घटना हुने गरेको छ । 

 

उक्त शिक्षालयले विपतमा उद्धार गर्नाका साथै उद्धारका लागि तालीम दिँदै  आएको छ । दुर्घटनामा उद्धार भएकालाई तत्काल प्राथमिक उपचार गर्न ट्रमा सेन्टर उपयोगी मानिन्छ ।

 

सो ठाउँबाट सबैभन्दा नजिकको दूरी ४० किलोमिटर भरतपुर हो भने काठमाडौँ र पोखरा एक/एक सय किलोमिटर हाराहारीमा पर्दछ । 

 

सेन्टर सञ्चालनका लागि सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि सुनुवाई हुन सकेको छैन । 


थप समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

  • 50 minutes ago
बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 1 hour ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 1 hour ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।