Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज

‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज


काठमाडौँ । फिल्म ‘अगस्त्य’को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो ।

तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ । फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’मा पनि उनको महत्वपूर्ण भूमिका रहेको खुलेको हो ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म भित्र अन्य थुप्रै सरप्राइजहरु रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले निश्चलको गेटअप सार्वजनिक गरेपछि दर्शकको उत्साह अझै बढ्ने निश्चित छ ।

यो फिल्ममा निश्चललाई ‘अजित’ पात्रको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

Techie IT