IIMS College

ISMT

HUB Education

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।

 

एकदिन ती व्यक्ति हिम्मत हार्दै निराश हुन पुगे । केहि दिन बित्दै गर्दा उनको भेट एक सन्तसँग भयो । ती व्यक्तिले सन्तलाई आफ्ना सबै समस्याहरु बताए । यता ती महात्मा व्यक्ति सन्तले उनलाई निराश नहुन आग्रह गर्दै प्रयास जारी राख्न भने । यो कुरा सुनेपछि उक्त गरीब व्यक्तिले म हार खाइसकेँ, अब म केही गर्न सक्दिन भने । 

 

सन्तले बुझे ती व्यक्ति नकरात्मक विचारबाट गुज्रिरहेका छन् । तब सन्तले उनलाई धैर्य राख्न भन्दै एक कथा सुनाउन थाले । कथाका अनुसार एक सानो बच्चाले बाँस र सिउँडीको बिरुवा लगाए । ती बालकले हरेक दिन दुवै बिरुवालाई बराबर हेरचाह गर्थे । धेरै महिना बित्यो । सिउँडीको बिरुवा हुर्कियो भने बाँसको बिरुवा उस्तै रह्यो । ती बालकले हिम्मत हारेनन् र दुवै बिरुवालाई हेरचाह गर्दै गए ।

 

यसैगरि केहि अरु महिना बित्यो तर बाँसको बिरुवा उस्तै थियो । तापनि बालक निराश भएनन् भने दुवै बिरुवालाई पानी दिन छाडेनन् । केहि महिनापछि बाँसको बिरुवा पनि हुर्कियो र केहि दिनमै सिउँडी भन्दा ठूलो हुन गयो । 

 

यसपछि सन्त बताउँछन्, बाँसको बिरुवाले पहिला आफ्नो जरालाई बलियो गर्दै थियो, जसकारण उसलाई हुर्कन सिउँडी भन्दा केही समय बढि लाग्यो । हाम्रो जीवनमा जब संघर्ष आउँछ तब हामी हाम्रो जरालाई बलियो बनाउनुपर्छ, निराश हुनुहुँदैन । जब हाम्रो जरा बलियो हुनेछ तब हामी द्रुत गतिमा हाम्रो लक्ष्यतर्फ अघि बढ्न सक्छौं ।

 

यसपछि ती गरिब व्यक्ति सन्तको कुरालाई मनन गर्दे उसले एक पटक पुन : उत्साहको साथ काम गर्न सुरु गरे । यसर्थ हामी पटक–पटक असफल भएपनि हिम्मत हार्नुहुँदैन । हामी निरन्तर प्रयास गरेमा एकदिन अवश्य लक्ष्यमा पुग्नेछौँ । 

 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 1 minute ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 6 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 21 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।