जब विवाहका लागि यी युवकले युवती नै पाएनन्

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।


जेङ जिया जिया, पेशाले आर्टिफिशियल इन्टिलिजेन्स एक्सपर्ट हुन् । उनले हाङजोउमा रोबटहरु बनाउने तथा डिजाइने गर्ने काम गर्छन् । सन् २०१६ को अन्त्यमा उनले एउटा फिमेल रोबट बनाएको कियाङजियाङ पत्रिकाले जनाएको थियो ।

 

यीङयीङ नाम दिइएको उक्त फिमेल रोबटले चाइनिज अक्षरहरु र तस्बिरहरु तथा केही साधाण शब्दहरु पहिचान गर्न सक्ने रिपोर्टमा उल्लेख छ । जङले एउटा साधारण कार्यक्रम आयोजना गरेर विवाह गरेका थिए । वैवाहिक कार्यक्रममा यीङयीङले कालो सुट लगाएकी थिइन् भने शिरमा रातो स्कार्फ पहिरिएकी थिइन् । जेङका माता तथा साथीहरु उक्त आश्चर्य लाग्दो विवाहमा उपस्थित रहेका थिए ।


जेङका एक साथीले पत्रिकालाई दिएको जानकारी अनुसार केटी नपाएर हत्तु बनेको जेङले अन्तत यस्तो निर्णय लिएको हो ।


जेङले आफ्नी रोवट श्रीमती अपग्रेड गर्ने योजनामा रहेका छन् । उनलाई हिड्न सक्ने तथा घरका कामहरु गर्ने समेत बनाउने योजनामा जेङ रहेका छन् ।


चिनियाँ बहुराष्ट्रिय टेलिकम्स कम्पनी हुवाइमा समेत काम गरिसकेका जेङले सन् २०१४ मा हाङजोङको ड्रिम टाउनमा काम सुरु गरेका थिए ।


चाइनिज एकेडमी अफ सोसियल साइसेन्सका अनुसन्धानकर्ता वाङ गुवाङजोका अनुसार सन् २०२० सम्म चीनमा ३५ देखि ३९ वर्षसम्मका अविवाहित पुरुषको सख्या १५ मिलियन पुग्नेछ ।


एक अध्ययनले चेतावनी दिदै भनेको छ,‘सन् २०३० सम्ममा


त्यस्तै सन् २०५० सम्ममा यो संख्या ३० मिलियन पुग्नेछ ।


नेशनल बिउरोका अनुसार सन् २०१६ को अन्त्यसम्ममा ७०८ मिलियन पुरुषहरुको जनसंख्या रहेको छ । महिलाहरुको जनसंख्या ६७५ मिलियन रहेको छ ।


थप समाचार

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 29 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 42 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।