विवाह गरे लगत्तै बेहुलाबेहुली प्रहरी नियन्त्रणमा परेपछि...

  • शुक्रबार, १८ साउन, २०७५
  • 3 months ago
  • नेपाल

पोखरा । पोखरामा भएको एक विवाहमा अनौठो घटना घटेको छ । विवाह भइसकेपछि प्रहरीले एक जोडीलाई नियन्त्रणमा लिएकोछ । 

 

बेगनासका २२ वर्षे सुजन सुवेदी र उनले विवाह गरेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

 

जन्तीले खाना खाइवरी विवाहको कर्मकान्ड चलिरहेको थियो । सिन्दुर हालेर बेहुली अन्माउने बेलामा बिहेस्थलमा अनौठो दृश्य देखियो । बज्दाबज्दैका बाजा एक्कासि रोकिए, अनि सन्नाटा छायो ।

 

इलाका प्रहरी कार्यालय डाँडाकोनाकको टोली पुगेर विवाह रोक्न आग्रह गर्‍यो । बेहुलीले कुनै पनि हालतमा बिहे नरोक्ने बताएपछि प्रहरी टोलीले बेहुला बेहुलीलाई उठाएर गाडीमा राख्यो ।

 

कारण थियो बेहुलीको उमेर । उमेरै नपुगेकीकी युवतीको बिहे हुन लागेको भनेर जिल्ला बाल कल्याण समितिमा मौखिक उजुरी परेपछि प्रहरीको टोली बिहेस्थलमा पुगेको थियो । युवतीको उमेर १८ वर्षमात्र छ । नेपालको संविधानले २० वर्षभन्दा कम उमेरका युवतीको बिहे गर्न गराउन नपाउने व्यवस्था गरेको छ ।

 

बेहुला बेहुली दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका आफन्तले भने सिन्दुर हालिसकेको अवस्थामा बेहुलीलाई बेहुलाको घरमा पठाइदिन आग्रह गरिरहेका छन् । दुवै पक्षले यो विषयलाई ख्यालै गरेनन् । जन्ती जानेलाई त झन् थाहा हुने कुरै भएन ।


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 3 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 10 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।