Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक


काठमाडौँ। यही जेठ‍ २६ मा देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ।

समसामयिक कथामा कमेडी मिश्रण गरिएको उक्त चलचित्रको ट्रेलरले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तर्रजातिय प्रेममा आउने उतार(चडाब लगायतका विषयवस्तु देखाएको छ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र निर्देशक सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन्। यसमा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानी छ।

चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व।जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। यो चलचित्र वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो।

फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन्।

चलचित्र नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि सहरमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT