Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः अष्ट्रेलिया र श्रीलंका भिड्दै, दुवैको नजर पहिलो जितमा

एकदिवसीय विश्वकपः अष्ट्रेलिया र श्रीलंका भिड्दै, दुवैको नजर पहिलो जितमा


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंकाबीच खेल हुँदैछ । खेल अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए ।

उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । शनाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् ।

यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ । पाँच पटकको च्याम्पियन अष्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् । अष्ट्रेलिया पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

हेड टु हेडः
अस्ट्रेलिया र श्रीलंकाबीच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रह्यो । यस्तै, विश्वकपमा यी दुई टोलबीच १० ओडिआई खेलिएका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले एक पटक मात्र जितेको छ । एक खेल भने नतिजा आउन सकेन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT