IIMS College

ISMT

HUB Education

बिहान उठेर नगर्नुहाेस् यी सात काम, पुर्‍याउन सक्छ यस्ताे असर

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ (एजेन्सी) । बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्यये धेरै यस्ता पनि छौँ जो बिहान उठेर पानी पिउने, मेडिटेशन  गर्ने, व्यायाम गर्ने र बिहानको समय मर्निगं वाक गर्ने गछौँ । एकातिर यि सबै बानी स्वास्थ्य जीवनका लागि राम्रो हो भने अर्कोतिर केही यस्ता बानी पनि हुन्छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ । 

 

दिनको सुरूवात जसरी हुन्छ, त्यसले हाम्रो पुरै दिनको लागि स्वास्थ्यलाई पनि प्रभावित गर्छ । यदी सुरूवात राम्रो हुन्छ भने पुरै दिन स्फूर्ति बनी रहन्छ । केही यस्ता बानी जसले हामीलाई स्वस्थ राख्छ भने केही यस्ता बानी पनि हुन्छन् जुन हामीलाई थाहा हुन्न र त्यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पारिरहेको हुन्छ । यस्तो अवस्थामा हामीले जान्नु जरुरी हुन्छ, बिहान उठेर के गर्नु नराम्रो हुन्छ जसले हाम्रो स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छ । 

 

१) धुम्रपानः धुम्रपान कुनै पनि बेला गर्न सकिन्छ, यद्यपि धुम्रपान गर्नु स्वास्थ्यलाई नोक्सान पुर्‍याउनु हो । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सर हुने आशंका बढी हुन्छ ।

 

२) रक्सी पिउनुः  कतिपयको बानी यस्तो हुन्छ जो बिहान उठेर आफ्नो दिनको सुरुवात रक्सी खाएर गर्ने गर्छन् । बिहान उठ्नासाथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा असर पर्छ र हामी विभिन्न रोगको शिकार हुन सक्छौँ ।

 

३) रिसाउने, झगडा गर्नेः  दिनको सुरुवात सँधै सकारात्मक हुनु पर्छ । बिहान उठ्नासाथ कोहीसँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।

 

४) मसालेदार खानाः बिहानको समय मसालेदार खाना खानबाट टाढै बस्नु पर्छ । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टीकयुक्त खाना खानु राम्रो हुन्छ ।

 

५) कफी पिउनेः संसारमै हेर्ने हो भने प्रायः सबै मानिसले आफ्नो दिनको सुरुवात गर्ने भनेको कफि खाएर हो । तर, विशेषज्ञहरुका अनुसार बिहान कफि पिउनाले कार्टिसोल (हर्मोनको नाम, जसले प्रोटीन र कार्बोहाइड्रेटको मेटाबोलिज्ममा सक्रिय भूमिका निर्वाह गर्छ)को मात्रा बढाउँछ । त्यसैले बिहान उठ्ने बित्तिकै खालि पेट कफि पिउनु राम्रो हुन्न ।

 

६) अशान्त हुने कार्यक्रम नहेर्नेः यदि तपाईँ बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मनै अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईको ‘मुड’ बिगार्ने हुँदा तपाईको स्वास्थ्यलाई पनि असर पार्ने हुन्छ । भड्किलो कार्यक्रमले तपाईलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।

 

७) फेरि सुत्नेः उठेपछि फेरि सुत्ने हामी मध्ये धेरैको बानी हुन्छ, जो बिहान उठ्न रुचाउँदैनौ । त्यस मध्ये केही यस्ता हुन्छौँ जो ओछ्यानबाट उठेर सोफा या अन्य कुनै ठाउँमा गएर सुत्ने गर्छौँ । यो बानी एकदमै नराम्रो बानी हो । यस्तो बानीले तपाईको निद्रा पुरा भएर पनि तपाईंले फ्रेश अनुभव गर्न सक्नु हुन्न । जसले गर्दा तपाईं दिनभर सुस्त देखिने र काममा पनि मन नलाग्ने हुन्छ ।


थप समाचार

विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

  • 23 minutes ago
विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भए ।

यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

  • 28 minutes ago
यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

  • 39 minutes ago
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।